१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कक्षा १२ को परीक्षाफल प्रकाशित हुने



अ+ अ-

काठमाडौँ । आज कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको जनाएको छ । प्राविधिक कठिनाइ नभए आजै परीक्षाफल प्रकाशित हुनेछ । यसका लागि नतिजाको अन्तिम रुजु भइरहेको छ ।

परीक्षामा देशभरका एक हजार २९२ परीक्षा केन्द्रबाट चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए ।