२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय युवा संघ घिरिङको अध्यक्षमा तिलक थापा चयन



अ+ अ-

तनहुँ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ गाउँ कमिटी दोस्रो भेला तथा अधिवेशन राष्ट्रिय युवा संघ नेपाल घिरिङका अध्यक्ष गोपाल वि. क. को अध्यक्षतामा सम्पन्न भएको छ ।

शनिबार भएको सो भेला तथा अधिवेशनले अध्यक्ष तिलक थापा, उपाध्यक्ष सन्जु श्रेष्ठ , सचिब समर रानाभाट, उप सचिव नेत्र थापा,याम बहादुर थापा लागएत सम्पुर्ण पदाधिकारी सहित सदस्यहरु पनि सर्वसम्मत ५१ जनाको कमिटि गठन गरेको छ ।

गण्डकी प्रदेश सचिवालय सदस्य एवम् घिरिङ गाँउपालिका अध्यक्ष होम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य बिष्णु भक्त सिक्देल विशिष्ट अतिथि रहनुभएको थियो ।

त्यसैगरि कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रन बहादुर राना , राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य उज्वल खनाल , जिल्ला सदस्य नर बहादुर थापा, राष्ट्रिय युवा संघ नेपाल तनहूँका जिल्ला अध्यक्ष मदन तिमल्सेना, घिरिङ गाउपालिका उपाध्यक्ष राधा देवि अधिकारी, नेकपा एमाले घिरिङ गाँउ कमिटिका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, राष्ट्रिय युवा संघ जिल्ला सदस्य अजित पन्थ लगाएतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा उपस्थित अतिथिहरुले घिरिङमा युवाहरुले स्थानिय तहको चुनावमा महत्वपुर्ण भुमिका खेलेर घिरिङमा दुई तिहाई मत ल्याउन सफल भएको समेत बताउनुभएको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ घिरिङ गाउपालिका सचिव संसार रानाभाटले संचालन गर्नुभएको थियो ।