२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशको प्रिमियर शोमा आर्यनदेखि दीपाश्रीसम्म, कस्तो होला त फिल्म ?



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र प्रकाशको प्रिमियर शो गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो गरिएको हो । शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनीमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य अभिनय रहेको छ ।

प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत फिल्म क्षेत्रसँग जोडिएका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । फिल्म हेर्न अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री दीपाश्री निरौला, अभिनेत्री नम्रता श्रेष्ठ, कलाकार अनुभव रेग्मी लगायतका कलाकारको उपस्थिति थियो ।

प्रिमियर शोपछि अभिनेता प्रदीप खड्काले फिल्म सबैले मन पराएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाली फिल्म राम्रो बनाउन नेपाली दर्शकले साथ, सहयोग र प्रतिक्रिया दिनुपर्ने आवश्यक रहेको बताउनु भयो ।

अभिनेत्री दीपाश्री निरौलाले चलचित्रको विषयवस्तु उत्कृष्ट रहेको बताउनु भयो । उहाँले नेपालको बेथिति र विसंगतिको विषयमा चलचित्रमा कथावस्तु उठाइएको बताउनु भयो । त्यस्तै अभिनेत्री दीया मास्केले फिल्म बनिसकेपछि हेर्दा आफ्ना कमजोरीको पहिचान हुने र आगामी दिनमा झनै राम्रो गर्ने अवसर मिल्ने बताउनु भयो ।

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयलाई चलचित्रले जोड दिएको छ । राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओझेल परेको कर्णाली प्रदेश र त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन, विम्वात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ ।

चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भुमिकामा छन् ।

राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व सङ्गीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् ।