२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप गिरीको क्षेत्रबाट चुनाव लड्ने सरिता गिरीको घोषणा



अ+ अ-

काठमाडौं । नेतृ सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय प्रदीप गिरीको क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

सरिता गिरीले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । साथै,उनीले चुनावमा आफुलाई सहयोग गर्नको लागि आग्रह समेत गरेकी छन् ।

लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरीले बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी थिईन् । उनले प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु’ ।

सरिता दिवंगत कांग्रेस नेता प्रदीप गिरीकी भाइबुहारी हुन् ।