११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

सरकारसँग प्रतिपक्षको असन्तुष्टि, मुलुकमा प्रतिपक्ष पनि छ (भिडियो)

सरकारसँग प्रतिपक्षको असन्तुष्टि, मुलुकमा प्रतिपक्ष पनि छ (भिडियो)
file
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुनसक्ने भन्दै आशंका व्यक्त गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले ओलीले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमाले कडारुपमा प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हो । गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचन सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन । निकट विगतमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो । आगामी निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने त्यो आशंका गर्ने आधारहरु छन् । त्यसले गर्दा हामीले मुख्यरुपले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित निर्वाचन सम्पन्न हुनुपर्छ र यो निर्वाचनमा दलहरुका बीचमा, आस्थाहरुका बीचमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । यस प्रश्नमा कहीँनिर पनि अन्यथा भयो भने नेकपा ९एमाले० कडा प्रतिवादमा उत्रिन्छ, लोकतन्त्रका रक्षाका निम्ति र स्वतन्त्र निर्वाचनको रक्षाका निम्ति एमाले कडा प्रतिवादमा उत्रिन्छ भनेर चेतावनी गरेका छौँ ।”

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्थ्यो ।

भेटवार्ताका क्रममा एमालेले सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिले संविधानसम्मत रुपले पुनर्विचारका लागि फिर्ता पठाएको भए पनि पुनः प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

उहाँले भन्नुभयो, “‘नागरिकता विधेयकको विषयमा सत्तारुढ गठबन्धनले राष्ट्रिय हितलाई तिलाञ्जली दिएको छ । यो अत्यन्त यति गम्भीर विषयमा प्रतिपक्षलाई समेत बेवास्ता गरेर, आम नागरिकहरुको सरोकारलाई बेवास्ता गरेर, सर्वोपरी रुपमा राष्ट्रको हितलाई तिलाञ्जली दिएर, बलजफ्ती जुन ढंगले नागरिकता विधेयक पास गरिएको छ । त्यसप्रति हाम्रो गम्भिर आपत्ति हो । राष्ट्रपतिज्यूले संविधानसम्मत ढंगले पुनर्विचार गर्नका निम्ति पठाइसकेपछि सत्तारुढ दलका नेताहरुले संसद्भन्दा बाहिर रहेका नेताहरुले समेत एक ठाउँमा बसेर जुन ढंगको मसल प्रदर्शन उहाँले गर्नुभयो, संसद् भवनभन्दा बाहिर गैर सांसदहरु समेत बसेर राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्ने, हुबहु पास गर्ने भनेर संसद्बाहिर जे जस्तो हर्कत प्रस्तुत गरियो, राष्ट्रपतिलाई अपमान गर्ने काम गरिएको छ । यो गम्भीर विषय हो । यो कन्टेन्टको दृष्टिले राष्ट्रहित विपरीत छ । राष्ट्रपतिले संविधानसम्मत ढंगले जाहेर गर्नुभएको सरोकारलाई पनि यसले उपेक्षा गरेको छ र राष्ट्रपतिप्रति अनादर गरेको छ । यो अत्यन्त गम्भीर, घातक र चिन्ताजनक विषय हो भनेर यो कुरा राख्यौँ ।”

त्यस्तै सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रति पनि एमालेले विरोध जनाएको छ ।

सरकारले द्वन्द्वकालमा अन्यायमा परेकालाई न्याय नदिने गरी विधेयक ल्याएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ । गठबन्धन सरकारले अन्यायलाई अनुमोदन गर्न खोजेको एमाले उपाध्यक्ष पौडेलको भनाइ छ । प्रधानमन्त्री देउवासमक्ष पीडितलाई न्याय दिनका लागि कुरा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सत्य निरुपण तथा मेलमिलाप आयोग र टिआरसी सम्बन्धी विधेयकहरुका बारेमा जुन खालको छलफल चलिरहेको छ । जसरी सरकार अगाडि बढ्न खोजिरहेको छ । हामीलाई गम्भीर आशंका छ । द्वन्द्वकालमा भिक्टिम भएकाहरु, अन्यायमा परेकाहरुलाई न्याय दिने होइन कि त्यो अन्यायलाई अनुमोदन गर्ने ढाँचामा यो सत्तारुढ गठबन्धन आउन खोजेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । भिक्टिमहरुलाई न्याय दिनुपर्छ र उनीहरुलाई अरु थप भिक्टिम गर्ने अधिकार कसैलाई छैन भन्ने कोणबाट हामीले राखेका छौँ ।”

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा एमाले नेताहरुले देशमा अनियमितता, भ्रष्टाचार र महंगी बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गर्नुभएको छ । भेटवार्तामा उठाइएको कुराहरुलाई सरकारले सम्बोधन गर्न नसकेमा एमाले सशक्त प्रतिवादमा उत्रिने एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सत्ताको चरम दुरुपयोग, ज्यादती, अधिक प्रकारका अनियमितताहरु, भ्रष्टाचारहरु र महंगीको अवस्था यो गठबन्धनले सिर्जना गरेको छ । यसप्रति सरकार बेखबर छ । कुनै मतलव नै छैन । त्यसकारणले महंगीलगायतका बेथितिहरु नियन्त्रण गर्नका निम्ति प्रभावकारी कदम चालियोस् । हामीले उठाएका विषयमा सरकारले ध्यान दिँदैन, त्यसप्रति उसले यथोचित ढंगले कदम चाल्न तयार हुँदैन भनेदेखि संसद्को सबैभन्दा ठूलो दल, राष्ट्रिय राजनीतिको सबैभन्दा ठूलो दल एमाले सशक्त ढंगले प्रतिवादमा उत्रिन्छ । सरकारको यो ज्यादतीलाई हामी सहन सक्दैनौँ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ ।”

प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले आफूहरु नतिजाको पर्खाइमा रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष पौडेलले सरकारको एक वर्ष असफलताको वर्ष भएको र राष्ट्रको एक वर्षको समय बर्बाद भएको टिप्पणी पनि गर्नुभयो ।