२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद झपट रावलद्वारा एसपीपी र एमसीसीका विषयमा यथार्थ विवरण माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले सरकारसँग अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) र अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा यथार्थ विवरण तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत संविधानको धारा २७ अनुसार सूचनाको हक प्रयोग गर्दै ती विषयमा विवरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको जानकारी गराउनुभएको छ ।

सांसद रावलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष निवेदन दिँदै एसपीपी मा नेपाल सहभागी नहुने भनी नेपाल सरकारले गरेको निर्णय तथा संयुक्त राज्य अमेरिकालाई गरेको पत्राचारका प्रतिलिपि उपलब्ध गराउन माग गर्नुभएको छ ।

साथै उहाँले प्रतिनिधिसभाले एमसीसी सम्झौताका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीलाई संयुक्त राज्य अमेरिकाले गरेका पत्राचारका प्रतिलिपि उपलब्ध गराउनुका साथै अमेरिकाले नेपालको निर्णय स्वीकार गर्यो वा गरेन् भन्नेसम्बन्धी सूचना उपलब्ध गराउन माग गर्नुभएको छ ।