११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

बालुवाटारमा देउवासँग ओलीका ४ प्रस्ताव

बालुवाटारमा देउवासँग ओलीका ४ प्रस्ताव
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चारवटा विषयमा कुरा राख्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको घोषणाका बेला सरकारले आफूहरुसँग परामर्श नगरेको बताउनुभयो ।

उहाँले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको भेटमा सहभागी नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले न्युजपोलारलाई बताउनुभयो ।

करिब ६ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको अध्यक्ष ओलीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने चाहेको धारणा राख्नुभएको थियो ।

अध्यक्ष ओलीले सरकारले प्रतिनिधिसभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधनसम्बन्धी विधेयक प्रमुख विपक्षी दलसँग छलफल नगरी ल्याएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

ओलीले प्रधानमन्त्री देउवासमक्ष अर्को राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि संसद्मा प्रस्तुत गरेको विषयमा पनि कुरा राख्नुभएको छ । सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी प्रमाणीकरणका लागि पठाएको सो विधेयक पुनरविचारका लागि पुनः संसद्मै फिर्ता पठाउनुभएको थियो ।

तर सरकारले फिर्ता भएको सो विधेयक पुनः प्रतिनिधिसभाबाट हुबहु पारित गरेको छ ।

अध्यक्ष ओलीले भेटमा प्रधानमन्त्री देउवासमक्ष मूल्यवृद्धिका बारेमा पनि कुरा राख्नुभएको छ । एमालेले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको तर सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको आरोप लगाउँदै आएको छ । ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

बालुवाटारमा भएको भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै उपाध्यक्षद्वय सुवास नेम्वाङ र पौडेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै भेटवार्तामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले राख्नुभएको विषयमा सकारात्मक रुपमा लिएको बताउनुएको महासचिव पौडेलले बताउनुभयो । प्रधानमन्त्री देउवाले ती सबै विषयलाई पाँच दलीय गठबन्धनको बैठकमा राख्ने पनि जानकारी दिनुभएको थियो ।

साथै उहाँले अध्यक्ष ओलीलाई सरकार निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको थियो ।