५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धमा युक्रेनतर्फ करिब नौ हजार सैनिकको मृत्युः सेना



अ+ अ-

एजेन्सी । रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् ।

भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।”

युक्रेनी अधिकारीहरूले करिब छ महिनाको युद्धमा भएको सैन्य क्षतिबारे विरलै मात्र विवरण दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा करिब तीन हजार युक्रेनी सैनिकको मृत्यु भएको र १० हजार घाइते भएको बताउनुभएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेनालाई निर्देशन दिएपछि दुबैतर्फ हजारौँ सैनिक मारिएका अपुष्ट समाचारहरू आएपनि दुबैतर्फबाट सार्वजनिक मारिएका वा घाइते भएका भनी सार्वजनिक सूचीभन्दा ठूलो सङ्ख्यामा सैनिक तथा सर्बसाधारणको हताहत भएको हुनसक्ने विश्लेषकहरूले बताउने गरेका छन् ।