२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याराग्लाइडिङ खेल विकासका लागि प्रादेशिक सङ्घ गठन



फाईल फोटो
अ+ अ-

कास्की । प्याराग्लाइडिङ खेलको विकास, विस्तार तथा यसलाई व्यवस्थित गर्नका लागि प्रादेशिक सङ्घ गठन गरिएको छ । प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आबद्ध पर्यटन व्यवसायीको आज पोखरामा भएको भेलाले वसन्तराज दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ सङ्घ गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षद्वयमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा र कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना रहनुभएको छ । यसैगरी सदस्यमा कृषु पौडेल र विजय गौतम हुनुहुन्छ । नेपाल प्याराग्लाइडिङ सङ्घ तथा ह्याडग्लाइडिङ सङ्घ ९नेफा०को आयोजनामा भेला भएको हो ।

नवगठित सङ्घका अध्यक्ष दवाडीले साहसिक पर्यटनको गन्तव्यका रुपमा रहेको पोखराको प्याराग्लाइडिङलाई संरक्षण गर्दै साहसिक खेल विकासमा आफू नेतृत्वको टोलीले काम गर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्यलाई लिएर पर्यटन व्यवसायी चिन्तित भएकाले विमानको सुरक्षा हुने र प्याराग्लाइडिङ जोगिने उपाय खोजी गर्नुपर्ने उहाँको माग छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको शिर उँचो बनाउने प्याराग्लाइडिङका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने अध्यक्ष दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य खेलको जस्तै प्याराग्लाइडिङको खेल पूर्वाधार सरकारले बताउनुपर्दछ, प्याराग्लाइडिङ उडान र अवतरण स्थलमा मैदानलगायतका खेल संरचनामा लगानी गर्नु आवश्यक छ ।”

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ समावेश छ । पोखराको तोरीपानीबाट यस खेलको प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ उडान हुँदै आएको छ । यसबीचमा प्याराग्लाइडिङ गराउने कम्पनीको पाँच दर्जनभन्दा बढी पुगेको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँचसय जनालाई सेवा दिने क्षमता यहाँका कम्पनीको छ ।