२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धचित्तको दानासहित १ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७  नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।