९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

‘पानी नपर्दा खेतीपाती नहोला भन्ने पिर, पर्दा घरबारी बगाउने चिन्ता’

‘पानी नपर्दा खेतीपाती नहोला भन्ने पिर, पर्दा घरबारी बगाउने चिन्ता’
अ अ+ अ-

महोत्तरी । यसपाली बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत/वैशाखको झैं तातो बतास चल्दैछ । पानी पर्ने लक्षण देखिँदैन । राम्ररी पानी नपर्दा महोत्तरीका किसानले अपेक्षित रुपमा मुख्यबाली धान रोप्न पाएका छैनन् । पहिलेको रोपिएको ठाउँमा पनि सुख्खाले धानको बिरुवा मर्ने सम्भावना बढेको छ ।

खेतबारीमा सिँचाइको कुलो/नहर नपुग्दा खेतीका लागि आकाश ताक्नुपर्ने किसानलाई पानी अलि बढी पर्दा बाढी पसेर घर ढाल्ने त्रास पनि उत्तिकै छ । कुलो/नहर नहुँदा सिँचाइको अभाव खेप्दै आएका किसानलाई पानी बढी पर्दा बाढी घरमा पस्ने नदी र खोल्सी व्यवस्थापन नहुँदा पनि कहाँ बस्ने भन्ने चिन्ताले सताउँछ । “के गरौँ हामी त आश र त्रासमै मर्ने भयौं, पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पानी बढी पर्दा खोलाखोल्सी उर्लेर घरबारी बगाउने त्रास” भङ्गाहा–४ पलार बस्तीका सत्यनारायण चौधरी भन्नुहुन्छ, “कुलोले खेतमा पानी लगाउने र बाढी आउँदा पनि ढुक्कले निदाउने दिन हाम्रो कहिले आउला ?”

बस्तीसँगै टाँसिएको रातु नदीको बाढीले बस्ती कटान नगर्ने व्यवस्थाका लागि मन्त्री, सांसद, नगरप्रमुख र अन्य नेतालाई कैयौँपटक गुहारे पनि गरिब दुःखीको आफूहरुको बस्ती उहाँहरुको आँखामा नपरेको चौधरीको गुनासो छ । बर्खाकालमा बर्दिबास–१ का विनोद खड्कालाई पनि राति राम्ररी निन्द्रा लाग्दैन । घर मास्तिर पाखामा कालो बादल देखिनासाथ खड्काको परिवार दुई वर्षअघिको विपत्ती सम्झन्छ । विसं २०७७ को असार मसान्तताका गणन्ते खोल्सीको भेलले घरको कोठाचोटा सबै बालुवा र गेगरले पुरेको सम्झनाले नै झस्काउने गरेको विनोद बताउनुहुन्छ । त्यतिखेर पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीको बाढीले बर्दिबास मुख्यचोक नजिकै रहेको उहाँको घरभित्रसम्म गेगर थुप्य्राउँदा करोडौं मूल्यका मोटर पार्ट्सका समान पुरिएर नोक्सान भएको थियो ।

बर्दिबास नगरपालिकाको वडा नं १, २ र १४ को पूर्वी साँध रातु नदी र पश्चिमी साँध भब्सी नदीबीच करिब दुई किलोमीटरको दूरीमा १० भन्दा बढी खोल्सीले बर्सेनिजसो बर्खाकालमा उत्पात् मच्चाउँदै आएका छन् । पहाडी शृङ्खलाबाट झर्ने दाहाल्नी खोल्सी, हवल्दार खोल्सी, गणन्ते खोल्सी, कामी खोल्सी, पानी खोल्सी, साँपमारा खोल्सी, बलुवानी खोल्सी, जोगी खोल्सी, ठूलो बलुवानी खोल्सी र पेरुङ्गे खोल्सी व्यवस्थित गर्न नसकिदा सधैं घर पो ढाल्ने हो कि भन्ने पिरलो भइरहने यहाँका बासिन्दा बताउँछन् । “यसपालि भने ठूलो वर्षा नहुँदा खोल्सी बौलाएका छैनन्” साँपमारा खोल्सी नजिक घर भएकी राधा अधिकारीले सन्तोसको श्वास फेर्दै भन्नुभयो ।

पानी नपर्दा घर ढल्ने त्रास नपरे पनि त्यै पानीबेगर बाली लगाउन नपाइएको चिन्ता पनि उत्तिकै रहेको राधा बताउनुहुन्छ । बर्दिबासचोक क्षेत्रमा आवादी बढ्दै गएसँगै यहाँका खोल्सीको बहाव क्षेत्र साँघुुरिदै गएपछि बर्खामा यिनको उत्पात बढ्ने गरेको विज्ञहरु बताउँछन् । “पहाडबाट झर्ने खोल्सीले बग्ने ठाउँ नपाएपछि बस्तीहरु बाढीको जोखिममा परेका हुन्” पछिल्ला १५/१६ वर्षदेखि चुरे जलाधार क्षेत्रको संरक्षणमा अभियान नै सञ्चालन गर्दै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगरी दिनदिनै बढ्दै गएको शहरीकरणले अझ भयावह अवस्था सिर्जना गर्न सक्छ ।”

सघन बजार क्षेत्रमा खोल्सी पुरेर सडक बनाउने, घर बनाउने र अन्य संरचना बनाउने होड चलेपछि बर्खे भेल निकासको ठाउँ नभएर बस्ती असुरक्षित हुँदै गएको यादवको भनाइ छ । पछिल्ला केही वर्षयता खोल्सीमा बाँध बाँध्ने काम ठाउँठाउँमा थालिए पनि यो कुनै निकायको प्राथमिकतामा नपर्दा सबै खोल्सी व्यवस्थित हुन सकेका छैनन् । “मुख्य कुरा त यी खोल्सीको बहाव नै थुनिएर संरचना बनेका छन्, यिनले बग्ने ठाउँ त पाउनु प¥यो नि !” अध्यक्ष यादव भन्नुहुन्छ ।

महोत्तरी जिल्लाको उत्तरी सीमा चुरे पहाडबाट निस्कने रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला, टुटेश्वर, खयरमारा, मडहा र बाँकेलगायतका नदीमा सयौं सङ्ख्याका खोल्सी मिसिएका छन् । वन क्षेत्रभित्रै मुख्य नदीमा मिसिने खोल्सीले त्यति कटान नगरे पनि बस्ती क्षेत्र हुँदै मुख्य नदीमा मिसिने खोल्सीका बहाव क्षेत्र भने मासेर संरचना बनाइँदा कटान, डुबानको समस्या बढेकामा विज्ञहरु एकमत छन् ।जिल्ला भएर बग्ने मुख्य नदीमध्येको रातुमा मात्रै १३० भन्दा बढी खोल्सी मिसिएका छन् । तीमध्ये १० वटा खोल्सी बर्दिबास मुख्यबजार ९वडा नं १, २ र १४० छिचोल्दै रातु र भब्सी नदीमा मिसिन्छन् । मुख्य नदीमा मिसिनुपूर्व बस्ती क्षेत्रमा खोल्सीका बहाव क्षेत्र मासिएको चुरेविज्ञ डा। बिजयकुमार सिंह बताउनुहुन्छ । “वन क्षेत्रमै पनि खोल्सीबाट हुने कटान रोक्न योजनाबद्ध खोल्सी व्यवस्थापनको आवश्यकता छ” विगतमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा विज्ञ सेवा दिइसक्नु भएका जिल्लाकै भङ्गाहा नगरपालिका–७ का स्थायी बासिन्दा डा। सिंहले भन्नुभयो, “बस्ती क्षेत्रमा त यो हुने नै हो, खोल्सीको बग्ने ठाउँ थुनेर बनाइएका संरचना बर्खे भेलले बगायो, भत्कायो भनेर विलौना गर्नुको कुनै अर्थ छैन ।”

र्सेनि नदीहरुको ताण्डव व्यहोरेर पनि जिल्लाका सबै स्थानीय तहले एक ठाउँ बसेर अहिलेसम्म समीक्षासम्म गर्न नसक्नु दुःखको कुरा बनेको डा। सिंह बताउनुहुन्छ । “बर्सेनि बाढीको ताण्डव खेप्दै आइएको छ, तर त्यसबाट जोगिने उपायबारे स्थानीयतह नेतृत्व बेखबर देखिन्छ” डा। सिंह भन्नुहुन्छ, “बाढीले जिल्लाका सबै स्थानीयतह प्रभावित हुँदै आएका छन, यसको प्रबन्धका लागि सबै स्थानीय तहको तत्परताको आवश्यकता छ ।” स्थानीय तहहरु भने बर्सेनि सडकमा ग्रावेल ओछ्याउने, माटो पुर्ने र मर्मत गर्ने योजनामा बढी अल्झेको डा। सिंहको गुनासो छ ।

जिल्लामा सुदूर उत्तरदेखि सुदूर दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म यसपालि बाढी र डुबानको समस्या सर्वसाधारणले त्यति धेरै भोग्न परेन । बर्खायामको भदौ सिङ्गै बाँकी नै छ । यसपालि जिल्लामा बाढीबाट मानवीय क्षतिका घटना नभए पनि विगत वर्षहरुमा बाढीले घरखेत बगाइएकाहरु अझै बौरिन सकेका छैनन् । बाढी र डुबानले बस्ने घर, खाने अन्न र आङ् ढाक्ने लुगासमेत नजोगिदा यहाँका सर्वसाधारणको यो पीडा नियति नै बनेको छ । तर, यो विपत्तीको मुख्य कारण खोज्न जनताको प्रतिनिधित्व गर्ने स्थानीय तहले कुनै तदारुखता नदेखाएको यहाँका बुद्धिजीवीको गुनासो छ । जिल्लाका सबैजसो नदीका मुहान चुरे पहाडी शृङ्खलामा छन् । यिनको दिगो व्यवस्थापनको एकिकृत योजना नबनेसम्म बाढीको कटान र डुबान समस्या समाधान नहुने विज्ञहरुको ठहर छ ।

खुकुलो माटो भएको चुरे क्षेत्रमा उत्खनन् गरिरहने, विकासका नाउँमा ठूलठूला यन्त्र लगाएर पहाड भस्काउने काम भइरहेकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । जिल्लाका सबै स्थानीय तहको नेतृत्वले प्रदेश र सङ्घीय सरकारको सहयोग लिएर विज्ञहरु सम्मिलित गराई यसको निदान खोज्नुपर्ने डा। सिंहको कथन छ ।

जिल्लाका ठाउँठाउँमा खोल्सी व्यवस्थापनमा भएका प्रयत्नका सकारात्मक असर देखिएका उदाहरण पनि छन् । चुरे घाँटीका बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी र पाटुसहितका बस्ती सुरक्षित देखिएका छन् । यी बस्ती नजिकका खोल्सी दुबैतर्फबाट बाँधेर ठाउँठाउँमा जलाशय निर्माण गरिनाले पानी पुनःभण्डारण ९रिचार्ज० मा मद्दत पुगेको छ । यस्ता खोल्सी छेउमा हुर्काइएका बाँसका झ्याङ् र अन्य सघन वृृक्षले कटान रोक्न मदत गरेसँगै हरियाली प्रबद्र्धनमा सहयोग पुगेको डा सिंह बताउनुहुन्छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले थालेको यो प्रयत्नले सञ्चय गरिएको पानीबाट रजबास बस्तीमा २०० घरधुरीलाई खानेपानी र १०० हेक्टरभन्दा बढी जग्गा सिँचित भएको छ ।

जिल्लाको पूर्व–पश्चिम लम्बाई १८ किलोमिटर छ । चुरे पहाडी शृङखलामा यो दूरी बढ्छ । जिल्लाको दूरीभित्र पहाडी शृङ्खला र कापहरु हुँुँदै निस्केका ससाना खोल्सीको सङ्ख्या एक हजारको हाराहारीमा छन् । व्यवस्थापन नगरिंदा अभिशाप मानिदै आइएका यी खोल्सीले बर्सेनि घरखेत र मानवीय क्षति गर्दै आएका छन् । यसै दूरीभित्र हुँदै दक्षिणतर्फ बग्ने नदीले जिल्लाका विभिन्न बस्तीमा उत्पात मच्चाउँदै आएका यहाँ व्यहोरिरहेको व्यथा हो ।

“गर्दा हुन्छ भन्ने उदाहरण पनि यहीं भित्र छ” बर्दिवास–१ कै पानीखोल्सी व्यवस्थापनमा स्थानीयवासीले देखाएका तत्परताबारे बुझ्नु भएका बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी भन्नुहुन्छ, “उजाड भएको पानीखोल्सी वन क्षेत्र स्थानीयको पहल कदमीले हराभरा भएको छ, खोल्सी व्यवस्थापनमा गरिएका प्रयत्नले बाढीबाट हुने क्षति घटाएको छ ।” बर्दिबासचोक क्षेत्रका १० खोल्सीमध्ये व्यवस्थापनमा काम गरिएको पानीखोल्सीले बर्खामा कम क्षति गर्ने गरेको छ ।

बर्खा लागेपछि विलौनाका गीत गाउने र बर्खा सकिएपछि कानमा तेल हालेर सुत्ने बानीले बाढीको कटान र डुबानको पिरोलो नरोकिएको विज्ञ बताउँछन् । सबै तहका सरकारको सामूहिक प्रयत्नमा नदीजन्य बस्तुको अवैध उत्खनन्, चुरे क्षेत्रको दोहन र वन पैदावारको अवैध कटान रोक्नु पहिलो आवश्यकता स्थानीयवासीको बुझाइ छ । खोल्सी र नदी व्यवस्थापनमा गरिने योजनाबद्ध कामले भने बाढीको कटान र डुबान समस्याको निदानसँगै सिँचाइ व्यवस्थापनमा पनि दिगो समाधान देखिन्छ । रासस