५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन



अ+ अ-

पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ ।

आईतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटनपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, सम्पूर्ण तयारी र प्रतियोगिताको अवधिभरको व्यवस्थापकिय काम सचिवालयबाट हुने जानकारी दिनुभयो । मन्त्री गहतराजले संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी गराउँदै राष्ट्रिय प्रतियोगितालाई सफल पार्नु तीनै तहको सरकारको साझा दायित्व रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन गण्डकी प्रदेश लागि परेको बताउनु भयो । सफल बनाउनका लागि प्रदेश सरकारलाई सहयोग गर्ने र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

सचिवालय उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न भनकै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसावले साथ सहयोगमा गर्ने बताउनु भयो । प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रश्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ भने केही खेल काठमाडौंमा आयोजना हुने सम्भावना पनि रहेको छ ।

 




भर्खरै