२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरीप्रति पार्टी सभापतिद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त



अ+ अ-

काठामाडौँ । नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको छ ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुनेछ ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गिरीको शनिबार राति ९ः३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । क्यान्सरको उपचार गराइरहनुभएका गिरीलाई निमोनिया भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो ।

तस्बिरः प्रदीपराज वन्त-रासस