४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘अमृत कोष’को स्थापनाबाट मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्छ: राष्ट्रपति भण्डारी

‘अमृत कोष’को स्थापनाबाट मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्छ:  राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार गर्नु मुलुकको सामु विद्यमान ठूलो चुनौती रहेको बताउनुभएको छ ।

प्रसूति तथा स्त्री रोग अस्पतालको ६३औँ वार्षिकोत्सव तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्र ९अमृत कोष०को समुद्‍घाटन कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्न प्रसूति तथा स्त्री रोग अस्पतालको अनुभव, कार्यक्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुने बताउनुभयो ।

करिब छ दशकअघि ४० शय्याबाट सुरु भएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले हाल ४९० शय्याबाट आफ्नो सेवा प्रदान गर्दै आएको थाहा पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आज यो अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रूपमा स्थापित भैसकेको छ भन्नुभयो ।

“अस्पतालले प्रसूति तथा स्त्रीरोगका साथै नवजात शिशुसम्बन्धी सरल, कम खर्चिलो, सुविधायुक्त र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो, “यस अस्पतालद्वारा विगत ६३ वर्षदेखि मुलुकभरका महिला तथा नवजात शिशुहरूलाई निरन्तररूपमा प्रदान गरिँदै आएको सेवाका साथै मातृ तथा शिशु मृत्युदर घटाउन पुर्‍याएको योगदानको हृदयदेखि प्रशंसा गर्न चाहन्छु ।”

अस्पतालको आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा अमृत कोषको स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रमा एक ऐतिहासिक थालनीको रूपमा पाएको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले अस्पतालले ह्युमन मिल्क बैंकको रूपमा ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र (अमृतकोष)’ स्थापना गरी सञ्चालनमा ल्याएकोमा समस्त अस्पताल परिवार तथा सेवाग्राहीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले नेपाली समाजमा आमाको दूध दान गर्नु पुरानो अभ्यासकै रूपमा रहेको भएता पनि अमृत कोषले सुव्यवस्थित र संस्थागतरूपमा आमाहरूबाट दान गरिएको दूधको सङ्कलन‚ प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“ ‘अमृत कोष’को स्थापनाबाट नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्नुका साथै स्तनपानको महत्त्वबारे जनचेतना जगाउन समेत सहयोग पुग्ने मैले विश्‍वास लिएको छु”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा‚ विशेषगरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाँउमा पुर्‍याउन गरेको पहल प्रशंसनीय रहेको छ भन्दै उहाँले अस्पताललाई प्रविधिमैत्री बनाउँदै विज्ञानले उपलब्ध गराएका अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अस्पताल व्यवस्थापन सक्रिय रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालको सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउनका लागि आवश्यक व्यवस्थापकीय एवं प्राविधिक सुधार गर्दै गुणस्तरीय सेवा प्रदान गर्न थप सफलता मिल्ने विश्वास व्यक्त गर्दै विषम परिस्थितिमा समेत कर्तव्यनिष्ट भई निरन्तररूपमा विरामीको सेवामा समर्पित अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टर, नर्स‚ स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

फोटो- रासस