२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव र बाबुराम माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुनेभएको छ ।

मंगलवार (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव र बाबुरामा माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्न आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताउनु भयो । उहाँले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधवार छलफल हुने बताउनु भयो । उहाँले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीको बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट आगामी संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो ।

त्यसको हामी स्वागत गर्दछौँ । हामी उहाँहरु दुवै जनालाई उहाँहरुका पार्टीका अन्य सदस्यहरुलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह, हसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति ग-यौं । उहाँहरुले राखेका केही शर्तहरु छन् । ती शर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने कुरा भएको छ ।’

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ ।