२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा हरियाली, ५५.८८ अंकको वृद्धि



अ+ अ-

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार उच्च अंकले वृृद्धि भएको छ ।

सोमवार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनाका नेप्से र कारोबार रकम दुबै बढेको छ । आईतवार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेको १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ

नेप्से बढेसँगै इन्भेष्टमेण्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ। तर यता रिडि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको २.७० प्रतिशतले घटेको छ ।  सोमवार शिवम सिमेन्टको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।