२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास हुनुपर्छः मन्त्री श्रेष्ठ



file
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ ।

सोमवार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताउनु भयो । उहाँले वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनु भयो ।

उहाँले विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वतावरण सिर्जना गर्ने अभियान थालेको बताउनु भयो । उहँले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढीरहेको बताउनु भयो । उहाँले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल अब सिजनल मात्रै होइन, अल सिजन नै नेपालमा पर्यटकहरु आउनसक्छ । सबै राउण्ड द इयर नै हाम्रो सिजन हो भन्ने कुरालाई हामीले व्यापक रुपमा लैजानुपर्छ । हामीले पर्यटक दशकको रुपमा नेपाल भ्रमण दशक भनेर सन् २०२३ देखि २०३३ सम्मलाई निरन्तर रुपमा काम अघि बढाउने र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने, र नेपालमा रहेका नेपालीहरुले पहिला नेपाल घुमौं र विदेश घुमौं भन्ने कुरालाई अघि सारेका छौँ । प्रत्येक विदेशमा बस्ने नेपालीले एकजना नेपालीलाई नेपाल जाऔँ भन्ने अभियान चलाऔं भन्ने अभियान थालेक छौँ । पर्यटन क्षेत्रलाई विकास र आकर्षित गरेर काम अघि बढाउनुपर्छ भन्ने मान्यतासहित सरकारले काम गरिहरेको छ । यो क्षेत्रलाई व्यवस्थित गर्ने, आकर्षित गर्ने र प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर हामी अघि बढ्नसक्छौँ । क्लिन ग्रिनको पोलिसी पनि अघि सारेका छौँ । विकासको कारणले जुन ढंगबाट ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको कुरा आइरहेका छन् । विकासका मोडेलमा पनि नयाँ ढंगबाट सोच्नुपर्छ । स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकास गर्न जरुरी छ ।’

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।