२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरी र आगलागीको चपेटामा फ्रान्स



अ+ अ-

फ्रान्समा लामो खडेरी परिरहेको छ । जमीनमा धाँजाहरु फाटेका छन् । तालहरु सुकेर माछा लगायतका जलचल मरेका छन् । फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलका अनुसार खोलाको प्रवाह घटेर डुंगाहरु या पानीजहाज या सामान ओसार पोसार गर्ने ठूलो पानी डुंगाहरु चलाउन अप्ठेरो परेको छ भने कतिपय ठाउँमा डुंगा चलाउन नै प्रतिबन्ध लगाइएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कतिपय गाउँमा खानेपानीको स्रोत घटेका कारण पिउनयोग्य पानी ट्यांकरबाट ओसारिएको र कतिपय नगरपालिकाले बिहान र बेलुका मात्र घरघरमा पिउन योग्य पानी वितरण गरिरहेको बताएकी छन् । किसानहरुलाई आफ्ना जनावरहरु जोगाउन हम्मे हम्मे परेको छ ।

पत्रकार पौडेलले फ्रान्स आगोभित्र परेको परेको छ भन्दै आगलागी नभएको कुनै पनि क्षेत्र बाँकी नरहेको उल्लेख गरेकी छन् । आगो निभाउन फ्रान्सको आफ्नो दमकल सेवाले नपुगेर अहिले जर्मनी, स्विडेन, इटाली, रोमानिया, स्पेन आदि ठाउँबाट पनि दमकल सेवाहरु झिकाइएको छ । टेलिभिजनहरुमा आगोको लप्काहरु माथि माथि पुगेको दृश्य देखिएका छन् । टेलिभिजनमा आगोको लप्काका भूमरीहरु माथि माथि आकाससम्म फैलिएको दृश्यहरु आएका छन् ।

फ्रान्समा आइतबारदेखि पानी पर्ने अनुमान गरिएको छ । यद्यपि पानी छरिएर नभई कतिपय ठाउँमा एकैठाउँमा मुसलधारे वर्षा हुने र त्यो वर्षाले बाढी निम्ताउने बताइएको छ । पत्रकार पौडेलका अनुसार फ्रान्समा यस्तो अनावृष्टि र आगलागिको संकट फ्रान्समा अहिलेसम्म मापन गरिएको छैन ।