४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुदूूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य

सुदूूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य
अ+ अ-

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।

भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुुलाघाट नाकाबाट स्वदेश फर्किनेहरुमा दिनहुँजसो सङ्क्रमण देखिने क्रम ह्वात्तै बढेको छ । यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना परीक्षणसहित त्यस विरद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन् ।

सुुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा भारतबाट स्वदेश फर्किने ९४ जना नेपालीमा कोरोना देखिएको छ । निर्देशनालयका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा ७४, कैलालीको गौरीफन्टा नाकामा १९, बैतडीको झुुलाघाट नाकामा एक गरी ९४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी यहाँका अस्पतालहरुमा गरिएको कोरोना परीक्षणमा सोमबार मात्रै २५ जनामा देखिएको छ ।
पिसिआर विधिबाट गरिएको परीक्षणमा कैलालीको सेती प्रादेशिक अस्पतालमा २१, महाकाली प्रादेशिक अस्पतालमा एक, डडेल्धुुरा अस्पतालमा दुई र अछाममा एक जनामा सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २७ जना रहेको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले यहाँ सङ्क्रमितको सङ्ख्या दिनहुुँ बढिरहेको बताउँदै सर्वसाधारणले सचेत हुनुुपर्नेमा जोड दिनुुभयो । “महामारीबाट बच्न सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाउन स्वयम् सर्वसाधारण सचेत हुन जरुरी छ”, जोशीले भन्नुुभयो, “सरकारबाट नाका र अस्पतालमा परीक्षणदेखि खोजी अभियानसम्म सञ्चालन भइरहेको छ ।” कोरोना कहरपछि सीमानाकामा स्वास्थ्यकर्मीको टोली नियमित रुपमा सक्रिय रहेको जोशीको भनाइ छ ।

सङ्क्रमण बढिरहेको भए पनि सहरदेखि ग्रामीण भेगसम्म मास्क लगाउन र भीडभाड नगर्न चेतनामूलक सूचना पनि जारी गरिएको छैन ।

त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सोमबार मात्रै ७४ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुुभयो । “नाकादेखि स्वास्थ्य संस्थामा जाँच गराउन आउनेमा सङ्क्रमण देखिने क्रम बढेको छ”, उहाँले भन्नुुभयो, “सङ्क्रमण बढे पनि बिरामी गम्भीर नदेखिएकाले होम आइसोलेसनमा पठाइरहेका छौँ ।”

उहाँले सङ्क्रमणबाट बच्न आम सर्वसाधारणले सचेतना अपनाउनुपर्ने बताउनुुभयो । कोरोना महामारी सुरु भएयता सुदूरपश्चिममा तीन सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । यहाँको कैलालीमा एक सय ७८, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा २२, बैतडीमा १७, डोटीमा १२, बझाङमा १०, अछाममा नौ, बाजुरामा पाँच र दार्चुलामा तीन जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी २७ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशमा १८ लाख एक हजार जनाले खोप लगाएका छन् । प्रदेश सरकारले २२ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेको छैन ।