२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थपिए ६६० कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार ६८२ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।