११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

नेपाल एक चीन नीतिको पक्षमा दृढ छ: उपाध्यक्ष पौडेल

नेपाल एक चीन नीतिको पक्षमा दृढ छ: उपाध्यक्ष पौडेल
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अमेरिकी सभामुख नेन्सी पेलोसीको हालैको ताईवान भ्रमण र त्यस पछिका घटनाक्रमहरुलाई  नजिकबाट नियालीरहेका बताउनु भयो । उहाँले न्यूजपोलारसँग भन्नुभयो “हामी एक चीन नीतिको पक्षमा र ताईवान चीनको अभिन्न भूभाग हो भन्ने पक्षमा छौं । विश्व शान्तिमा प्रतिकूल प्रभाव पार्ने कार्य कतैबाट र कसैबाट पनि हुनु हुँदैन । अमेरिकाले ताईवान चीनको भूभाग हो भन्ने माने पछि दुई देश बीच कुटनीतिक सम्बन्ध स्थापित भएको सर्वविदितै छ । अब पनि ताईवान चीनको अभिन्न भूभाग हो भन्ने मान्यताका आधारमा उत्पन्न तनाव अन्त्य गर्न र समस्या समाधान गर्न सम्बद्ध सबै सहमत हुनु पर्दछ । क्षेत्रीय शान्ति र प्रकारान्तरले विश्वशान्तिलाई नै प्रभाव पार्ने यस घटनाका सम्बन्धमा नेपाल सरकारले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु पर्दछ ।”

उपाध्यक्ष पौडेलले  अर्को एक प्रसंगमा एमाले निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि उपाध्यक्ष पोडेलले भन्नुभयो, “चुनावको मिति घोषणा अपेक्षित र स्वाभाविक हो, एमाले निर्वाचनका लागि पूर्णरुपमा तयार छ ।”

“एमालेको तयारी सबैभन्दा अगाडि छ, हामीले पार्टीलाई निर्वाचनमा होमिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो । स्थानीय तहको निर्वाचन लगत्तै त्यसको समीक्षा र संघीय तथा प्रदेशको निर्वाचनका लागि आफूहरु तयार भइसकेको उहाँले जानकारी गराउनुभयो । यसका लागि योजनाका साथ पार्टी पंक्तिलाई परिचालन गरिसकिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “निर्धारित समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरुपमा निर्वाचन सम्पन्न गर्न राज्यले विशेष ध्यान दिनुपर्छ ।” उपाध्यक्ष पौडेलले राज्यको शक्ति, स्रोत र साधनको दुरुपयोग हुन सक्नेतर्फ सचेत गराउँदै धाँधली वा अनियमितता जस्ता कार्यले लोकतन्त्रलाई नै कमजोर पार्ने हुँदा त्यस्ता कार्य कतैबाट पनि हुन नहुने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले अर्को एक प्रसंगमा कोशीलगायत नदीहरुमा आएको बाढी तथा मुलुकका विभिन्न स्थानमा गएको पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत र पुनःस्थापनामा सरकारले गम्भीररुपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कयौँ व्यक्ति घरबारविहीन भएका छन्, उनीहरुको गाँसबासको बारेमा सरकार गम्भीर हुनुपर्छ, नागरिकलाई दुःखका बेला राज्य छ भन्ने अनुभूति हुनपर्छ तर सरकारको शैली त्यस्तो देखिँदैन ।”