२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री माथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट सर्वोच्चद्वारा रिट दरपीठ



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको छ ।

सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको हुनाले उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको रिट निवेदनलाई दरपीठ गरेको हो ।

सर्वोच्च अदालतका कामु रजिष्टार नारायणप्रसाद पन्थीले प्रक्रिया पूरा नगरी रिट निवेदन ल्याएको हुनाले दरपीठ गर्नुपरेको जानकारी दिनुभयो । रासस