२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले वरिष्ठ उपाध्यक्ष, दुई मुख्यमन्त्री र कानूनमन्त्रीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमित हुनेको संख्या तीव्रगतिमा बढिरहेको छ । कोरोनाबाट हाल दैनिक करिब एक हजारको संख्यामा संक्रमित भइरहेका छन् ।

पछिल्लो अवधिमा राजनीतिज्ञहरुलाई पनि कोरोना संक्रमण भएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कोरोना भएको छ । त्यस्तै संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दी बन्दीलाई कोरोना संक्रमण भएको छ ।

उहाँहरु सबै अहिले सामाजिक दूरी कायम राख्दै आइसोलेसनमा बस्नुभएको बुझिएको छ ।