२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारलाई सर्वोच्चको पत्रबारे कामु प्रधानन्यायाधीशको तर्क- ठूलालाई मात्र किन उन्मुक्ति ?



अ+ अ-

काठमाडौ । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले भ्रष्टाचारको बिषयमा ठूला पदाधिकारीहरुले उन्मुक्ति पाउन नहुने बताउनु भएको छ ।

सर्बोच्च अदालत बार एशोसिएसनको टोलीसंग आज भएको भेटमा कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो ‘सर्बोच्च अदालतको भवन निर्माणमा अनियमिता भएको आशंकापछि मेरो निर्देशनमा अख्तियारलाई पत्र पठाउन लगाएको हुँ ।’

उहाँले भन्नुभयो- ‘अनियमिताका विषयमा तल्लो तहका कर्मचारीमाथि छानबिन हुन्छ भने माथिल्लो तहकालाई उन्मुक्ति दिन मिल्दैन । कामु प्रधानन्यायाधीश कार्कीले अख्तियारलाई पत्र पठाएको बिषयमा केही न्यायाधीसहरुले असन्तुष्टि जनाएको उल्लेख गर्दै भेटमा सहभागी एक सदस्यले न्युजपोलारलाई भन्नुभयो ‘अदालत भित्र अख्तियारको हस्तक्षेप गराउने काम भयो कि भन्ने पनि आशंका उठिरहेको छ ।’

भेटमा कामु प्रधानन्यायाधीश कार्कीले गोलाप्रथाका बारेमा पनि प्रश्न उठेको उल्लेख गर्दे यो छोटो कार्यकालको लागि भएको र अटोमेसनमा गएपछि यो समस्या समाधान हुने बताउनुभयो । यस बारेमा छलफल गर्न फूलकोर्टको बैठक बस्नुपर्ने भएपनि हाल बैठक बस्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘न्यायापालिका सकिने भयो भन्ने चासो छ, फुलकोर्टको बैठक बसेपछि कुनै निकास निस्केला ।’