११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

नेकपा महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी जारी
अ अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा चन्दसहितका केही नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुलाई ३५ दिनभित्र उपस्थित हुन आदेश जारी गर्दै अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिएको छ ।

महासचिव विप्लवलगायतका नेता लामो समयदेखि भूमिगत राजनीतिमा सक्रिय थिए । विसं २०७७ फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति थियो । सहमतिअनुसार विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धको मुद्दा खारेज गर्न सरकार सहमत भएको थियो । त्यसपछि विप्लव समूह खुला राजनीतिमा आएको थियो । सो अघि सरकारले हत्या हिंसामा लागेको भन्दै विसं २०७५ फागुन २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।