५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महङ्गीविरूद्ध एमालेले आज वृहत जनप्रदर्शन गर्दै



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो समय बढेको चर्को महंगीविरुद्ध जनप्रदर्शन गर्ने भएको छ । एमालेले महंगीविरुद्ध काठमाडौंको बसन्तपुरमा आज सोमबार दिउँसो दुई बजे जनप्रदर्शन गर्ने भएको हो ।

जसका लागि एमालेले आफ्ना सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिइसकेको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन आवश्यक सबै तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन यसअघि नै निर्देशन दिइएको हो ।

जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।

राजधानीको वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

 




भर्खरै