२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ७१० जना नयाँ रोगी



अ+ अ-

काठमाडौंः पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर पाँच हजार २५ जनाको आरटी पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ७१० जनामा कोभिड पुष्टी भएको हो ।

यस बीचमा २१५ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर चार हजार २३६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ४७१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोभिड संक्रमणबाट हालसम्म ११ हजार ९६२ जनाको मृत्यु भइसकेको छ ।

खोप अभियान सुरु भएयता हालसम्म चार करोड ९२ लाख ७९ हजार ६८६ मात्रा खोप लगाइएको छ । भारत, चीन, अमेरिका समेतका मुलुकबाट नेपालले हालसम्म पाँच करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोप प्राप्त गरिसकेको छ ।

 




भर्खरै