५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ७१० जना नयाँ रोगी



अ+ अ-

काठमाडौंः पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर पाँच हजार २५ जनाको आरटी पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ७१० जनामा कोभिड पुष्टी भएको हो ।

यस बीचमा २१५ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर चार हजार २३६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ४७१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोभिड संक्रमणबाट हालसम्म ११ हजार ९६२ जनाको मृत्यु भइसकेको छ ।

खोप अभियान सुरु भएयता हालसम्म चार करोड ९२ लाख ७९ हजार ६८६ मात्रा खोप लगाइएको छ । भारत, चीन, अमेरिका समेतका मुलुकबाट नेपालले हालसम्म पाँच करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोप प्राप्त गरिसकेको छ ।