• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान ★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान ★   सहिद लखन थापाको सालिक निर्माण ★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत ★   दिल्लीले मुम्बईलाई १० रनले हरायो

पूर्वराष्ट्रपति राजापाक्ष सिङ्गापुर बसाइ लम्बिने



एजेन्सी । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष थप केही समय सिङ्गापुरमा नै बस्ने भएका छन् ।

उनले अरू १४ दिन सिङ्गापुरमै बस्ने योजना बनाएका स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन् ।

इन्धन, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव भएपछि आन्दोलनमा उत्रेका सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरेपछि देश छाडेर गएका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए ।

उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो ।

श्रीलङ्का सरकारका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।