२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि मन्त्रालय बाधक बन्दैन: मन्त्री यादव



file
अ+ अ-

चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो ।

महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।” विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उहाँको भनाइ थियो ।

भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उहाँको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ ।” कागजमा हेरेर मात्रै नहुने भन्दै उहाँले स्थलगत निरीक्षणपछि प्रक्रिया पु¥याएर निर्णय गर्न सकिने बताउनुभयो । भरतपुर महानगरभित्र लालपुर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उहाँको भनाइ थियो ।

भरतपुर महानगर अबको पाँच वर्षमा देशकै नमूना बन्ने गरी विकासको काम भइरहेको आफूले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी बन्ने बताउनुभयो । नगर प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटबन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा, गोलाघाट–नवलपरासी जोड्ने पुल निर्माण लगायतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताउनुभयो । यस्तै सुकुम्बासीको जग्गा वितरण, यातायात कार्यालय स्थापनालगायतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उहाँले अनुरोध गर्नुभयो ।

यस्तै नगरवनलाई अन्तर्राष्ट्रिय पार्कको रुपमा विकास गर्न लगानी कर्तासंग सम्झौता भइसक्दासमेत वनका कारण अवरोध भएको भन्दै यसको निकासका लागि आग्रह गर्नुभयो । सोही अवसरमा वन सचिव डा प्रेमनारायण कँडेलले वनका कारण देखिएका समस्या मन्त्रीस्तर, मन्त्री परिषद् र संसद्मा नै लानुपर्ने भए पनि आवश्यक प्रक्रिया पूरा गरेर लैजान मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री यादवसहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याका बारेमा स्थलगत निरीक्षण गरेको थियो । हुलाकी सडकमा वनका कारण देखिएका समस्याका बारेमा हुलाकी सडक आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराउनुभएको थियो ।

जिल्लाका दलिय प्रतिनिधि, स्थानीय निकायका प्रमुखसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी समस्याका बारेमा अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिनु भएको थियो । यससँगै नगर प्रमुख दाहालको आग्रहमा मन्त्री यादवको टोली स्थलगत रुपमा निरीक्षण गर्न शनिबार चितवन आएको हो ।