२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गर्नुभएको हो । सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र सचिवको टुङ्गो लागेको छ भने दुई उपसमितिका संयोजक र सचिवहरु तोक्न बाँकी रहेको घिसिङले बताउनु भयो । सार्वजनिक उपसमिति अन्तर्गत समारोह समितिमा राखेपका सदस्य एकेन्द्र बहादुर कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवको जिम्मा राखेपका प्रशासकिय अधिकृत शारङ्गिन् निरौलालाई तोकिएको छ ।

यस्तै प्राविधिक उपसमितिमा हिमालराज दाहाललाई संयोजक तोकिँदा प्रचण्ड शर्मा सचिव रहनुभएको छ । खेल स्थल व्यवस्थापन उपसमितिमा राजेश गुरुङलाई संयोजकको जिम्मा दिँदा कृष्णप्रसाद तिमिल्सिनालाई सचिवको जिम्मेवारी दिइएको छ । अनुशासन उपसमितिमा पेमा लामा संयोजक हुनुहुन्छ भने नारायणराज अर्याल उपसमितिको सचिव रहनुभएको छ । बसोवास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमारथापा र प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै स्वास्थ उपसमितिमा डा. बुलन्द थापा संयोजक छन भने सचिवमा ज्ञानेन्द्रविक्रम शाहलाई तोकिएको छ ।

यातायात व्यवस्था उपसमितिमा राखेप सदस्य प्रकाश कुसारीलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवमा देवराज कटुवाल रहेका छन् । यस्तै प्रचार प्रसार उपसमितिमा संयोजकको जिम्मा दीपेन्द्र विष्टलाई प्रदान गरिँदा सचिव खुसराज दाहाल रहनुभएको छ । खेल सामग्री तथा पोशाक व्यवस्थापन उपसमितिमा संयोजक अञ्जन धमला हुनुहुन्छ भने सचिवमा आपूर्ति तथा भण्डार शाखाका सुजन खतिवडा हुनुहुन्छ । यस्तै स्रोत परिचालन उपसमितिमा सूर्य भण्डारीलाई संयोजक तोकिएको छ भने सरोजकुमार पोख्रेल सचिव चुनिनुभएको छ ।

स्वंसेवक उपसमितिमा जनक बर्तौला हुनुहुन्छ भने लिलाराम बस्नेत सचिव हुनुहुन्छ । एन्टिडोपिङ उपसमितिमा नमिसमान प्रधानलाई संयोजक तोकिएको छ भने सचिव दोबे तामाङ हुनुहुन्छ । बाँकी दुई उपसमिति सुरक्षा प्रवन्ध र अनुसाशन उपसमितिको टुङ्गो लाग्न बाँकी छ । दुई उपसमितिको टुङ्गो आगामी बैठकपछि निर्धारण हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । सात प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टिमले ३६ खेलमा प्रतिष्पर्धा गर्ने प्रतियोगितामा पौडी र सुटिङको प्रतिष्पर्धा काठमाडौंमा हुने सम्भावना रहेको प्रतियोगिताका संयोजक टंकलाल घिसिङले बताउनु भयो । यस्तै हक्की र रग्बीको टुङ्गो खेल स्थलको निरिक्षण पश्चात हुनेछ ।