६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना



अ+ अ-

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले जिल्ला अदालत काठमाडौँका एक न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध स्पष्टीकरण माग गरेको छ ।

परिषद्ले अधिवक्ता पोखरेलविरुद्ध गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरण दिन माग गरेको हो । अधिवक्ता पोखरेलले स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन बनेपछि परिषद्ले सार्वजनिक सूचना निकालेर स्पष्टीकरण सोधेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार पोखरेललाई अधिवक्ता पोखरेलले घुसको प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । सोही विषयमा परिषद्ले छानबिन गरिरहेको छ ।

सार्वजनिक सूचना निकाल्नुअघि परिषद्ले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा पनि म्यादको पत्र बुझाएको थियो । पोखरेल सम्पर्कविहीन भएपछि बाध्य भएर सार्वजनिक सूचना निकाल्नुपरेको परिषद्ले बताएको छ ।

सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अधिवक्ता पोखरेलले आरोपित तामाङलाई धरौटीमा छाड्न जिल्ला न्यायाधीश कोइरालासमक्ष घुस प्रस्ताव गरेका थिए । सोसम्बन्धी अडियो सार्वजनिक भएलगत्तै अधिवक्ता पोखरेल सम्पर्कविहीन भएका छन् ।