८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

अझै उचित जीवनयापनका लागि सङ्घर्षरत छन् मुक्तकमैया

अझै उचित जीवनयापनका लागि सङ्घर्षरत छन् मुक्तकमैया
अ+ अ-

बाँके । नेपाल सरकारले कमैया मुक्त भएको घोषणा गरेको २३ वर्ष लागे पनि बाँकेलगायत पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाको पुनःस्थापना अझै हुन सकेको छैन् । पश्चिम नेपालका थारु समुदायमा पुस्तौँदेखि दासत्वको प्रतिकका रुपमा रहेको कमैया प्रथालाई सरकारले २०५७ साल साउन २ गते खारेज गरी कमैया मुक्त भएको घोषणा गरेको थियो ।
बाँके र बर्दियामा अझै पनि मुक्त कमैयालाई गाँस बासका लागि सरकारी तथा दातृ सड्घ संस्थाबाट राहत र पुनःस्थापना गरिएको छैन ।

मुक्त कम्लहरी बालिकालाई विद्यालयमा भर्ना गरिए पनि ती दुई जिल्लाका अधिकांश मुक्त कम्लहरी बालिका विद्यालय नगएको पाइएको छ । राष्ट्रिय विद्यालय भर्ना अभियान कार्यक्रमअन्तर्गत यस जिल्लाका विभिन्न विद्यालयमा भर्ना गरिएकामध्ये अधिकांश कम्लहरी बालिका शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि शैक्षिक सामग्री तथा विद्यालय पोशाकको अभावमा विद्यालय जान नपाएको उनीहरुको गुनासो थियो ।

सरकारले मुक्त कम्लहरी बालिकालाई शिक्षा र सीपमुलक तालिम प्रदान गर्न विनियोजन गरिएको रकम आफूहरुले पाउनुपर्ने माग उनीहरुले गर्दै आएका छन् । बाँके शिक्षा कार्यालयमा मुक्त कम्लरीका लागि पठाइएको रकम समयमै स्थानीय पालिकामा पठाइए पनि उनीहरुले समयमै प्राप्त गर्न नसेकाले कम्लहरी बालिकालाई शैक्षिक सामग्री उपलव्ध गराउन ढिलाइ भएको जिल्ला शिक्षा अधिकारी रामसुरेश यादवले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयमा द्वन्द्वपीडितका बालबालिकाका लागि छात्रवृत्ति रकम मात्र रु १८ लाख २० हजार आएको उहाँले जानकारी दिनुभयो । चालु आवमा द्वन्द्वपीडित परिवारका बालबालिकाका लागि छावृत्तिमध्ये प्राविका लागि १२ हजार, निमाविका लागि १४ हजार, माविका लागि १६ हजार उच्च माविका लागि १८ हजारका दरले तोकिएको छ ।

विद्यालय भर्ना गरिएका मुक्त कम्लहरी विद्यालयमा नियमित रुपमा उपस्थित भए नभएको तथ्याङ्क सम्बन्धित विद्यालयले जिल्ला शिक्षा कार्यालयमा पठाएपछि सहयोग रकम उपलब्ध गराइने व्यवस्था छ, त्यो स्थानीय सरकारले व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी यादवको भनाइ थियो । अभियानअन्तर्गत सरकारले अहिले स्थानीय तहमा रकम पठाएको छ । प्रावि तहमा अध्यनरत एक कम्लहरीका लागि मासिक रु १००, निमाविमा १५० र माविमा १७० का दरले छात्रवृत्ति उपलव्ध गराइएको जनाइएको छ ।

अहिले एक बालबालिका बराबर करिब सबै सेवा सुविधा गरी वर्षमा रु ४० हजार स्थानीय तहको कम्लरी बालबालिकालाई सरकारले पठाएको उहाँले बताउनुभयो । कम्लहरी बालिका अध्यनरत सम्बन्धित विद्यालयले तथ्याङ्क उपलब्ध गराउन ढिलाइ गरेकाले पनि छात्रवृत्ति रकम निकासा स्थानीय तहले गर्नुपर्ने हो तर उनीहरुले समय दिन नसकेको जिल्ला शिक्षा अधिकारी यादवले जानकारी दिनुभयो ।

बाँके जिल्लाको पहिलेको १४ गाविसमा रहेका ३४० मुक्त कम्लहरीमध्ये यस वर्षको शैक्षिक सत्रका लागि प्रावि तहमा १९४ निमाविमा १७ र मावि तहमा ३१ जनालाई विद्यालय भर्ना गरिएको उक्त कार्यालयले जनाएको छ । मुक्त घोषणा गरिएका कमैयाको उचित गाँसबासका लागि सरकारी तथा दातृ सङ्घ संस्थाको सहयोगमा राहत र पुनःस्थापनाका कार्यक्रम ल्याइए पनि धेरै मुक्त कमैयाको पुनःस्थापनामा समस्या देखिएको सरकारी प्रतिवेदनमा उल्लेख छ । बाँके जिल्ला भूमिसुधार कार्यालयले सफारिस गरिएका एक हजार ८२५ मुक्त कमैयालाई जग्गाधनी लालपूर्जा उपलब्ध गराएपछि विसं २०६५ फागुनमा ‘कमैया नभएको जिल्ला’ घोषणा गरे पनि ती मुक्त कमैयाले अभैm गाँसबासको समस्या झेलिरहेका छन् ।

त्यसबेला सरकारको निर्णयअनुसार उक्त कार्यालयले जिल्लाका मुक्त कमैयालाई चार श्रेणीमा (जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र दुई कठ्ठाभन्दा बढी जग्गा भएका) विभाजन गरी कूल दुई हजार २६७ मुक्त कमैयामध्ये माथिल्लो दुई श्रेणीका मुक्त कमैयालाई मात्र पाँच धुरदेखि पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराई जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो । तर जग्गा पाएका मुक्तकमैया पनि अहिले सन्तुष्ट छैनन् । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस् कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी विचल्लीमा परेका छौँ,” कमासु दिगो विकास समाजका अभियानकर्ता फत्तु थारुको गुनासो थियो ।

भूमिसुधार कार्यालयले बिनौना, बैजापुर र टिटिहिरिया लगायत मुक्त कमैयालाई राप्ती नदी र खोला किनारामा उपलब्ध गराइएको जग्गा बाढी र डुबानका कारण कटानमा परेपछि अहिले उनीहरुलाई सामुदायिक वन क्षेत्रको किनारामा बसोबासको व्यवस्था मिलाइएको छ ।
सरकारले ‘मुक्तकमैया पुनःस्थापना समस्या समाधान आयोग गठन आदेश २०६७ र ‘भूमिहीन मुक्तकमैयालाई जग्गा खरिद गरी अनुदान रकम दिनेसम्बन्धी कार्यविधि २०६८’ जारी गरी कमैया पुनःस्थापनामा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी कार्यान्वयनको अभावमा मुक्तकमैयाको समस्या अझै समाधान हुन सकेको छैन ।