२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नामिबियासँग नेपाल पराजित



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोडेर अलआउट हुन पुग्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २र२ विकेट लिए भने बसिर अहमदले १ विकेट लिए ।

यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेल आज आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ । १९ खेलमा १७ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । यस्तै, नामिबिया १८ खेलमा १८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।