१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

हैजा नियन्त्रण गर्न एमालेको माग

हैजा नियन्त्रण गर्न एमालेको माग
file
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाउनुभयो ।

“हैजा जस्तो महामारी नियन्त्रणका लागि उपचार व्यवस्थापन र जनचेतना फैलाउने जस्ता कार्यमा स्वास्थ्य मन्त्रालय बेखबर देखिएको छ, महामारी नियन्त्रण जस्ता कार्यमा लापरवाही गर्नु जनस्वास्थ्यका दृष्टिले गम्भीर कमजोरी हो”, उहाँले भन्नुभयो ।

यस्तै एमालेले कोभिड–१९ महामारीमा खटिने जोखिम भत्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएका जनशक्तिलाई पनि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । “सरकारले जोखिमपूर्ण समयमा काम गर्नेहरुलाई निराश बनाएको छ, कोभिड–१९ पोजिटिभ भएका धेरै स्वास्थ्यकर्मीले कोभिड बीमाबापतको रकम हालसम्म पाएका छैनन्”, भट्टराईले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमणका समयमा बीमा कम्पनीले जनसाधारणका लागि उपलब्ध गराउने भनेको बीमाको रकम करिब रु छ अर्ब हालसम्म पनि भुक्तानी गरेको छैन ।”

एमालेले कोभिड–१९ को पूर्ण रुपमा खतरा नटरेको भन्दै गत गत आर्थिक वर्षको तुलनामा आव २०७९/८० मा १९ प्रतिशत कम रहेको जनाएको छ । यस्तै चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या बर्सेनि बढ्दै गएको र यसले पूँजी पलायन मात्र नभइ बौद्धिक पलायन पनि निरन्तर भइरहेको भन्दै देशभित्रै गुणात्मक चिकित्सा शिक्षाको सुनिश्चित गरी स्वास्थ्य जनशक्तिलाई देशको समृद्धिको काममा क्रियाशील गराउन सरकारले प्रभावकारी योजना अघि सार्न उहाँले अनुरोध गर्नुभयो ।

एमालेले औषधि आयातबाट बर्सेनि अर्बौं रुपैयाँ विदेसिएकाले नेपालमा नै औषधि उत्पादन गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य बीमामा विशिष्टीकृत ज्ञान/सीप भएका जनशक्ति आवश्यक पर्ने भएकाले स्थायी दरबन्दीका लागि बीमा बोर्डबाट सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन १८ महिनाअघि मन्त्रालयमा पेस भएकामा हालसम्म स्वीकृत नभएकोप्रति आपत्ति जनाउँदै तुरुन्तै प्रतिवेदन स्वीकृत गरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य विभागका प्रमुख भट्टराईले माग गर्नुभयो ।

यस्तै उच्चस्तरीय विज्ञ समिति बनाई सामाजिक सुरक्षा र उपचार खर्चमा एकद्वार नीति लागू गर्ने गरी स्वास्थ्य बीमा बोर्डको सेवा सञ्चालनलाई प्रभावकारी बनाउन माग गरिएको छ ।