२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १० लाख फाइजर खोप नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको थप १० लाख आठ हजार फाइजर भ्याक्सिन आइपुगेको छ । नेपालस्थित अमेरिकी राजदूतावासले कोभिड–१९ को महामारीबाट नेपाली बालबालिकालाई जोगाउने उद्देश्यले फाइजर भ्याक्सिनको थप १० लाख आठ हजार भ्याक्सिन बिहीबार साँझ काठमाडौँ आइपुगेको जनाएको छ ।

अमेरिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ ।

राजदूतावासले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई उदृत गर्दै भनेको छ, “हामीले गर्ने सबै काममा हामी हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न खोज्छौँ किनकि यो महामारी कुनै पनि देशले एक्लै समाधान गर्न नसक्ने संकटको एउटा प्रष्ट उदाहरण हो। हामी सबै एकजुट भएर लाग्यौँ भने यो सम्भव छ भन्ने हामीलाई थाहा छ ।”




भर्खरै