२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलो दूधको कारखाना उत्पादनको तयारीमा



अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु ४१ करोड २२ लाख ७१ हजारको लगानीमा निर्माण गरेकोे सो कारखानामा पाउडर प्लाण्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध खेर जान नदिन प्रदेश सरकारले एक वर्षभित्र हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा काठमाडौँ इजी इन्फा प्रालिसँग सम्झौता गरेकोे थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले कोरोना महामारीको असरले समयसिमाभित्र निर्माण सम्पन्न गर्न नसकिएको जनाउँदै तीन महिना म्याद थपेर काम गरेको कम्पनीका प्रमुख उत्तम पौडेलले जानकारी दिनुभयो । उहाँले अबको दुई महिनामा प्लान्ट पूर्णरुपमा निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरण गरिनेसमेत जनाउनुभयो ।उक्त प्लान्टमा बागमती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज गरिने बताइएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।

पाउडर प्लान्ट सञ्चालनका लागि प्रदेश १ को सुनसरी, धरान, झापा, मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँलगायत जिल्लाबाट दूध आयात गरिने जनाइएको छ । उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार किसान लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने किसानबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिने जनाइएको छ ।
किसानले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । प्लान्टबाट उत्पादित पाउडर दूध सातवटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ ।