५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर अधिकारीविरुद्ध वाइसीएलले अख्तियारमा दियो उजुरी



अ+ अ-

काठमाडौँ । आफ्नो शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई कसुर गरेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगटन योङ कम्युनिष्ट लिग ९वाइसीएल०ले उजुरी दिएको हो । उजुरीमा नेपाल राष्ट्र बैंकको ऐन २०५८ प्रतिकूल हुनेगरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ ।

नेपाल राष्ट्र बैंकको ऐन, २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्था छ ।

वाइसीएलले नेकपा (एमाले) नेता (गभर्नर) एम अधिकारीले नेपालको प्रचलित ऐन कानून विपरीत राज्यको ढुकुटीको जिम्मा लिने गभर्नर जस्तो अति महत्वपुर्ण पदमा रही, गरेको भ्रष्टाचार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगालमा वाइसीएल, नेपालद्वारा उपलब्ध प्रमाणसहित उजुरी दर्ता गरिएको जनाएको छ ।




भर्खरै