२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर अधिकारीविरुद्ध वाइसीएलले अख्तियारमा दियो उजुरी



अ+ अ-

काठमाडौँ । आफ्नो शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई कसुर गरेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगटन योङ कम्युनिष्ट लिग ९वाइसीएल०ले उजुरी दिएको हो । उजुरीमा नेपाल राष्ट्र बैंकको ऐन २०५८ प्रतिकूल हुनेगरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ ।

नेपाल राष्ट्र बैंकको ऐन, २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्था छ ।

वाइसीएलले नेकपा (एमाले) नेता (गभर्नर) एम अधिकारीले नेपालको प्रचलित ऐन कानून विपरीत राज्यको ढुकुटीको जिम्मा लिने गभर्नर जस्तो अति महत्वपुर्ण पदमा रही, गरेको भ्रष्टाचार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगालमा वाइसीएल, नेपालद्वारा उपलब्ध प्रमाणसहित उजुरी दर्ता गरिएको जनाएको छ ।