८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल

देउवा सरकारका एक वर्ष, सत्ता गठबन्धन टिकाउनमै व्यस्त

देउवा सरकारका एक वर्ष, सत्ता गठबन्धन टिकाउनमै व्यस्त
फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवा प्रधानमन्त्री हुनु भएको एक वर्ष भएको छ । गत वर्ष आजकै दिन अर्थात् २०७८ असार २९ गते शेर बहादुर देउवा सर्वोच्च अदालतको एक अविश्सनीय फैसलाका आधारमा प्रधानमन्त्री बन्न सफल हुनु भएको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

यही आदेशको आडमा देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तीन वर्षे शासनकाललाई विस्थापन गर्नु भएको थियो । देउवालाई एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीको समर्थन थियो ।

देउवाले सत्ता सम्हालेपछि केपी ओलीको प्रधानमन्त्रीत्वकालमा भएका कतिपय विवादास्पद निर्णयहरु सच्चिने कोरा अनुमान नेपाली जनताले गरेका थिए । उनीहरु भ्रममा थिए, र भयो पनि त्यस्तै ।

अर्थात् देउवाका निर्णय र कार्य हेर्दा केपी ओलीले गरेका कार्यहरु सही थिए । देउवाको एक वर्षे कार्यकालले मुलुकमा ठोस प्रगति हुन नसक्ने आम जनताको अड्कलबाजी घटनाक्रमहरुले सत्य सावित गरिरहेकै छ । विगतका गल्ती कमजोरी सच्चिने त होइन, अझ विवादास्पद निर्णयहरु एकपछि अर्को भएका छन् । मुलुकको समग्र आर्थिक, सामाजिक, परराष्ट्र सम्बन्ध जस्ता संवेदनशील विषयमा मुलुकलाई सुदृढ बनाउनुका साटो देउवा सरकार चुकेको छ ।

देउवा नेतृत्वको गठबन्धन सरकारले संविधानका परिकल्पना गरेको मान्यतालाई कुल्चेर २०७८ साल भदौ २ गते विवादास्पद दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेको थियो । दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशतको व्यवस्थालाई हटाएर संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन हुने अति हल्का र खुकुलो प्रावधान राखेर अध्यादेश ल्याइयो जसका कारण माधव कुमार नेपाल र उपेन्द्र यादव नेतृत्वमा नयाँ पार्टीहरु गठन भए ।

यो प्रावधानले दल विभाजनको मुख्य आधारमै प्रहार गरेको भन्दै सर्वत्र आलोचना पनि भएको थियो जबकी ४० प्रतिशतका आधारमा दल विभाजन गर्न केपी ओलीले ल्याएको अध्यादेशको नेपाली कांग्रेस, प्रचण्ड र माधव नेपालले पनि यसको विरोध गरेका थिए ।

अर्कोतिर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सरकारका कामकारबाहीमा अवाञ्छित हस्तक्षेप गर्न थालेको र बढी भाग खोज्न थालेको आरोपमा २०७८ फागुन १ गते राणा विरुद्ध देउवा र उहाँका सहयोगी दलको अग्रसरतामा महाभियोग प्रस्ताव दर्ता गरिएको छ । यो प्रस्ताव दर्ता भएको पाँच महिना पुगिसक्यो, तर संसदीय सुनुवाई भएकै छैन । देउवा सरकारले न्याय क्षेत्रलाई सुदृढ गर्ने चाहना राखेको पटक्कै देखिएको छैन, बरु न्याय क्षेत्रमा विसंगति मौलाएका छन्, विभिन्न प्रकरण उजागर भएका छन् र न्यायालय नेतृत्व विहीन झैं भएको छ ।

सरकारले राणा विरुद्धको महाभियोगलाई किनारा लगाउन कुनै तत्परता र चासो देखाएको छैन । यस प्रकरणले अन्य संवैधानिक अंगहरुलाई पनि काम गर्ने कुनै उत्साह छैन, किनभने सरकार र सत्ता गठबन्धनका नेताहरुमाथि कुनै संवैधानिक निकायले प्रश्न उठाए उनीहरुले पनि राणाकै नियति भोग्नु पर्ने हुनसक्छ । यो डर, भयको बीचमा स्वतन्त्र भनिएका निकायहरु चलिरहेका छन् ।

देउवाले एक वर्षको अवधिमा सात पटक मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्नु भएको छ । मन्त्रीहरुको फेरबदलमा सत्ता गठबन्धनको दबाब झेल्न देउवाले कुनै प्रयत्न नगरेको प्रस्टै छ । मन्त्रीहरुको कार्यसम्पादन पनि खासै उल्लेखनीय छैन । भ्रष्टाचारको आशंका गरिएका कैयन् विवादास्पद निर्णय र कार्यहरुमा प्रधानमन्त्री मौन देखिनु भएको छ । सरकार फितलो र कार्यकुशलतामा कुनै गम्भीरता नभएको भन्दै स्वयं कांग्रेस भित्रैबाट निरन्तर विरोध भइआएको छ ।

जसको पछिल्लो उदाहरणका रुपमा अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा देखाएको गैर जिम्मेवार कदमलाई लिन सकिन्छ । बजेटको अघिल्लो दिन कुनै अमुक व्यक्तिलाई अर्थ मन्त्रालयमा डाकेर कुनै व्यापारिक घरानालाई पोस्ने गरी करका दर फेरबदल गरेको गम्भीर आरोप शर्मामाथि छ । शर्माका विरुद्धमा संसद र सडकमा आवाज उठेपनि देउवा चुपचाप हुनुहुन्थ्यो, र सूत्रहरुले उहाँ अन्तिम घडीसम्म शर्माको बचाउमा रहेको बताएका छन् ।

सरकारले यही बीचमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरायो । छिमेकी मित्रराष्ट्र चीनले अमेरिकी सहयोग प्रति शशंकित हुँदै धारणा नै सार्वजनिक गरे पनि सरकारले अन्ततः यसलाई आर्थिक सहयोगको एक हिस्सा मात्र भन्दै स्वीकार गरेको थियो । तर यो प्रकरण सेलाउन नपाउँदै अमेरिकी सैन्य रणनीतिको हिस्साका रुपमा आएको स्टेट पार्टरनसीप प्रोग्राम (एसपीपी) को झमेलामा सरकार फस्यो ।

यही सम्झौतालाई अन्तिम रुप दिने गरी प्रधानमन्त्री देउवा अमेरिका जान लागेको हल्लाबीच उहाँको भ्रमण अहिले स्थगित अवस्थामा छ । एसपीपीबाट सरकार पछि हटिसक्यो भनेर हल्ला गरिए पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई औपचारिक पत्राचार नगरेको जनाएको छ । तर यसबीचमा सरकारले गर्न सकेको एउटा महत्वपूर्ण कार्य भनेको स्थानीय तहको निर्वाचन हो । यो निर्वाचनले स्थानीय निकायको निरन्तरतालाई बल दिएको छ ।

रुस–युक्रेन युद्ध समेतका अन्तर्राष्ट्रिय परिस्थितिका कारण विश्वकै धेरै देशमा महंगी बढेको छ । छिमेकी मुलुक श्रीलंकाको आर्थिक स्थिति टाट पल्टिएर त्यहाँ जनविद्रोह नै भएको छ ।

अहिले नेपालका धेरैजसो आर्थिक परिसूचक नकारात्मक र ऋणात्मक मात्र होइन, तिनीहरुले रातो रेखा नै पार गर्न लागेका छन् । तर सरकार मौन छ, मानौं यी वित्तीय विवरणले कुनै असर पार्ने छैन । बरु सरकार अर्थतन्त्र श्रीलंकाको पथमा नरहेको जिकिर गरिरहेको छ ।

हुनत, देउवाबाट धेरै प्रगति, समृद्धि, सुशासनको आश गर्नु कल्पना मात्र हो । भ्रष्टाचार र कुशासन देउवाका पर्याय नै बनिसकेको छ, र जनताले विश्वास पनि गर्न छाडिसकेका छन् । देउवाले गरेका कामहरुलाई लिएर सामाजिक संजालमा निरन्तर आक्रोश मात्र व्यक्त भइरहेको पाइन्छ । अझै पनि देउवाकै नेतृत्वको खोजी गर्ने कांग्रेस भित्र एउटा तप्का अझै छ, जसले उहाँलाई पार्टीको सभापति पनि बनाएको छ ।

अर्थात् कथम् कांग्रेसले आगामी चुनावमा बहुमत वा ठूलो पार्टी आफूलाई बनाउन सक्यो भने देउवाकै नेतृत्वमा गठबन्धन सरकार बन्नेछ, र त्यसलाई सही मार्गमा लैजाने सम्भावना अति न्यून छ ।