६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन समितिबाट पास



अ+ अ-

काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन,२०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा.रोजनाथ पाण्डेले बताउनु भयो । उहाँले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘समितिको बैंठकमा उपस्थित सांसदहरुको बहुमतको सख्याले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने काम र प्रतिनिधि सभामा पठाउन स्वीकृत दिने निर्णय भयो । प्रमुख प्रतिपक्ष दलका मान्य सदस्यहरुले बैठक बहिस्कार गरेर छाडेर जानुभयो । उपस्थिति जनाएपछि । बीचमा बैठकमा सांसदहरु रहनुभयो । उहाँहरु उपस्थित संख्याको बहुमत भएको हुनाले उहाँहरुले प्रतिवेदन अनुमोदन गर्नुभयो । त्यही अनुसार हामी अगाडि बढेका छौं ।’

सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडे पश्चात् बैठकमा रहेका सांसदहरु उपस्थित संख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गर्नुभएको बताउनु भयो ।