२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अब माओवादी विघटन गरे हुन्छ’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विघटन गर्नुपर्ने बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र गतल प्रवृति बढ्दै गएकाले सजिलै पार्टीका नेतारकार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएकाले माओवादी विघटन गर्नुपर्ने बताएका हुन् ।  

‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो,’ प्रचण्डले भने, ‘गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त। केही साथीहरू त गए।’

उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने पनि बताए। 

‘एमाले र कांग्रेससँग त्यही चरित्रमा प्रतिस्पर्धा गर्न हामी कमजोर हुन्छौं। क्रान्ति र परिवर्तन गर्न सक्ने विशेषता हाम्रो हो। यो गर्न नसके हाम्रो औचित्य हुन्न,’ उनले भने।

उनले एमालेले मदन भण्डारीलाई 'लोगो'का रूपमा देखाए पनि भण्डारीको हत्या गर्नेहरू पत्ता लगाउन उत्तराधिकारी भन्नेहरूले नै चासो नदेखाएको आरोप लगाए।




भर्खरै