१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आसन्न निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा नभए आन्दोलन गर्ने नेपाली जनता दलको चेतावनी

आसन्न निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा नभए आन्दोलन गर्ने नेपाली जनता दलको चेतावनी
अ अ+ अ-

काठमाडौं। नेपाली जनता दलले आसन्न निर्वाचन पुर्ण समानुपातिक प्रणालीमा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आसन्न संघ र प्रदेशको निर्वाचन पुर्ण समानुपातिक प्रणालीमा गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

पार्टीले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको उपलब्धिस्वरूप संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतासहितको समावेशी र लैङ्गिक समानता नेपालको संविधान २०७२ ले स्वीकार गरेतापनि अवस्थामा परिवर्तन नआएको गुनासो राखेको छ ।

नेपालको संविधान २०७२ लाई पुरातनवादी शक्ति र अग्रगमनकारी शक्तिको बीचमा भएको सम्झौतामा जनताका धेरै महत्वपूर्ण र छुटाउनै नहुने विषयमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको उक्त दलको ठहर छ ।

प्रमुख राजनीतिक दलहरूको तानाशाही प्रवृत्तिको शिकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बन्न पुगेको भन्दै पार्टीले संघीय संरचनालाई नेता तथा कार्यकर्ताको भर्ती केन्द्रको रूपमा विकास गरेको समेत पार्टीले आरोप लगाएको छ । गणतन्त्रलाई ‘छोटे राजा उत्पादन गर्ने भर्ती केन्द्र’ को संज्ञा दिँदै निर्वाचनलाई साम, दाम, दण्ड, भेद अर्थात् पैसा र पावरको विनिमयको रूपमा प्रयोग गरिएको समेत पार्टीको आरोप छ ।

गत निर्वाचनमा जनताको अभिमतलाई किनबेच गरेको भन्दै विकृति र विसङ्गतिपूर्ण राजनीतिले विकास, सुशासन र समृद्धिको नाममा भ्रष्टाचार र व्यभिचारलाई बढावा दिएको समेत उक्त पार्टीले उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका राष्ट्रिय अध्यक्ष तथा पुर्व सभासद हरिचरण साहले देशको ढुकुटी रित्तिन लागेको भन्दै दुःख व्यक्त गरे । उनले राष्ट्रको ढुकुटी रित्तिनुको एउटा कारण अहिलेको निर्वाचन प्रणाली भएको पनि टिप्पणी गरे । उनले भने,‘देशलाई अस्थिरतामा राखिरहन, देशी/विदेशी चलखेल नहोस् भन्नको लागि पुर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता छ ।’

अध्यक्ष साहले समानुपातिक निर्वाचन प्रणालीले नै सबै जात, जाति, क्षेत्रलगायतलाई समेट्ने जिकिर गरे । उनले सम्पुर्ण जनताको लागि पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सरकारसँग आग्रह गरे । उनले भने,‘वृद्ध आमा–बुवालाई छाडेर देशका होनाहार युवाहरु विदेशिएर उनीहरुको रेमिट्यान्सले चलिरहेको देशको अवस्था परिवर्तनका लागि हाम्रो पार्टी निर्वाचन प्रणाली परिवर्तनको पक्षमा उभिएको हो ।’ देशको विकासका लागि पुर्ण समानुपातिक प्रणाली नै उपयुक्त हुने उनको ठहर छ ।

त्यस्तै, नेपाली जनता दलको महासचिव सुमा बास्तोलाले सबै नेपाली जनताले शान्तिपुर्ण रुपमा मतदान गर्न पाउने उनीहरुको नैसर्गिक अधिकार भएको बताइन् । उनले भनिन्,‘निर्वाचनलाई साँच्चै नै जनताको हितमा सोच्ने हो भने यो निर्वाचन प्रणाली परिवर्तन गरेर पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्छ ।’ उनले मुलुकको लागि जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रणाली नै अपनाउनु उपयुक्त हुने धारणा राखिन् ।

यस्तै, पार्टीका वरिष्ठ उपाध्यक्ष रघु परियारले नेपालमा पछिल्लो समयमा धेरै समस्या आएको भन्दै ती सबै समस्याको जड पुरानो निर्वाचन प्रणाली नै भएको दाबी गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपनि संघ तथा प्रदेशको निर्वाचनको तयारी तिव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले पुरानो निर्वाचन प्रणाली परिवर्तनको खाँचो देखिएको औंल्याए ।

उनले लैंंगिक, जातीय, क्षेत्रीय भौगोलिक र जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अविलम्ब कार्यान्वयन गर्न सरकारसँग माग गरे । उनले भने,‘यदि यो मागलाई नजरअन्दाज गरेर झारा टार्ने काम भएमा निर्वाचनमा नेपाली जनता दलले बहिष्कारको रणनीति लिनेछ । हामी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।’ परियारले प्रेश विज्ञप्ती वाचन गरेर पनि सुनाएका थिए ।

त्यस्तै, पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख यामबहादुर जिसीले अहिलेको निर्वाचन प्रणालीअनुसार धन हुनेले मात्र चुनाव लड्ने स्थिति आएको बताए । उनले भने,‘देशप्रति माया, सद्भाव राख्ने, देशको विकासमा ईच्छाशक्ति भएका मानिसहरु बाहिर बस्नुपर्ने अवस्था आएको छ । अब यो निर्वाचन प्रणाली नै बदल्नुपर्छ । अहिले जो पुँजीपति छन्, जो दलाल छन्, जो ठेकेदार छन् त्यस्ता व्यक्तिहरुले चुनाव जितेर गएको अवस्था छ ।’

अहिलेको निर्वाचन प्रणालीको अन्त्य गरेर पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने भन्दै उनले यसको लागि विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको समेत जानकारी दिए ।

उनले जातिय राजनीति देशमा हावी भएकै कारण देशको विकास नभएको जिकिर गरे । जातिय विभेदले देश विकासमा धेरै असर पुगेको उनको भनाई थियो । जिसीले गत स्थानीय निर्वाचनमा पैसाको खोलो बगेको भन्दै आगामी चुनावमा समानुपातिक प्रणाली लागु गर्नुपर्नेमा जोड दिए ।

पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष काजीमान आत्रेयले अब नेपाली जनताको भविष्य नेपाली जनता दलसँग गाँसिएको बताए । जनताको भविष्य निश्चित् गर्न अहिलेको निर्वाचन प्रणालीको खारेज र पुर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आफ्नो पार्टीले देशव्यापी रुपमा आन्दोलनको तयारी गरेको बताए । उनले आफ्नो दलको माग नै नेपाली जनताको माग भएको समेत बताए ।

पार्टीका संघीय परिषद अध्यक्ष अनुप पहाडीले देशमा विद्यमान ठूला पार्टीका निर्णयलाई अब नेपाली जनता दलले सहेर नबस्ने चेतावनी दिए । उनले देशका ठूला उद्योगहरु एकाएक बन्द भएको भन्दै युवाहरुलाई स्वदेशमै रोजगारी दिन आफ्नो पार्टी लागिपरेको सुनाए ।