२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा कार्यरत नासु उमेशकुमार चौधरी घुससहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित पक्राउ गरिएको आयोगले जानकारी दिएको हो।

उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।