२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराको जन्मदिनको एकदिन पहिले आमाले लिइन् अन्तिम सास



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको आमा अरुणा भाटियाको बुधबार निधन भएको छ । उनी ७७ वर्षकी थिइन् । 

मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम संस्कार गरियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन अक्षयकी पत्नी ट्वींकल खन्ना, छोरी नितारा र अन्य परिवारका सदस्यहरु उपस्थित थिए । यस्तै रोहित शेट्टी, रितेश देशमुख, साजिद खान लगायत सेलिब्रिटीहरु पनि त्यहाँ उपस्थित थिए । 

आमाको निधनको जानकारी अक्षयले सामाजिक सञ्जालमार्फत बिहानै गराएका थिए । अक्षयले लेखेका छन्, ‘उनी मेरी मेरुदण्ड थिइन् । आज म भित्रभित्रै एकदमै पिडा महसुस गरेको छु । आज बिहान मेरी आमा यो दुनियाँलाई छाडेर फेरि बुबासँग भेट्न जानुभयो । म तपाईहरुको प्रार्थनाको सम्मान गर्छु । ओम शान्ति ।’

अरुणा भाटियालाई स्वास्थ्यमा समस्या आएपछि केही दिन पहिलेमात्र मुम्बईको हीरानंदानी अस्पतालमा भर्ना गरिएको थियो । उनी ६ दिनदेखि आइसीयूमा थिइन् । उनलाई मधुमेहको रोग थियो । अरुणाले अक्षयको जन्मदिनको एक दिन पहिले अन्तिम सास लिएकी छन् । अक्षयको जन्मदिन ९ सेप्टेम्बर अर्थात् भोलि रहेको छ । आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्षय बेलायतबाट भारत आएका थिए ।