२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराको जन्मदिनको एकदिन पहिले आमाले लिइन् अन्तिम सास



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको आमा अरुणा भाटियाको बुधबार निधन भएको छ । उनी ७७ वर्षकी थिइन् । 

मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम संस्कार गरियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन अक्षयकी पत्नी ट्वींकल खन्ना, छोरी नितारा र अन्य परिवारका सदस्यहरु उपस्थित थिए । यस्तै रोहित शेट्टी, रितेश देशमुख, साजिद खान लगायत सेलिब्रिटीहरु पनि त्यहाँ उपस्थित थिए । 

आमाको निधनको जानकारी अक्षयले सामाजिक सञ्जालमार्फत बिहानै गराएका थिए । अक्षयले लेखेका छन्, ‘उनी मेरी मेरुदण्ड थिइन् । आज म भित्रभित्रै एकदमै पिडा महसुस गरेको छु । आज बिहान मेरी आमा यो दुनियाँलाई छाडेर फेरि बुबासँग भेट्न जानुभयो । म तपाईहरुको प्रार्थनाको सम्मान गर्छु । ओम शान्ति ।’

अरुणा भाटियालाई स्वास्थ्यमा समस्या आएपछि केही दिन पहिलेमात्र मुम्बईको हीरानंदानी अस्पतालमा भर्ना गरिएको थियो । उनी ६ दिनदेखि आइसीयूमा थिइन् । उनलाई मधुमेहको रोग थियो । अरुणाले अक्षयको जन्मदिनको एक दिन पहिले अन्तिम सास लिएकी छन् । अक्षयको जन्मदिन ९ सेप्टेम्बर अर्थात् भोलि रहेको छ । आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्षय बेलायतबाट भारत आएका थिए । 




भर्खरै