२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट



अ+ अ-

पोखरा । स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् ।

पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालबीच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।

यस्तै प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुट सहित उपचार गरिने सम्झौतामा भएको प्रा.लिका महासचिव भानुभक्त बरालले जानकारी दिए ।