४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज
अ+ अ-

लमजुङ । जिल्लामा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ गतेसम्म सो सङ्ख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा ६७९नयाँ उद्योग दर्ता भएको छ ।

त्यस्तै, उक्त अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ ।

उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो ।

त्यस्तै वाणिज्यतर्फ आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ सम्म ७२ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधिमा ४०८ नयाँ वाणिज्य दर्ता भएका छन् भने २८८ वटा वाणिज्यको नवीकरण भएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै, ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । आर्थिक वर्ष २०७६/७७ मा २५ खारेज भएको थियो । सो अवधिमा ७६२ वाणिज्य दर्ता तथा ३२० को नवीकरण भएको थियो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ७६२ वटा नयाँ दर्ता र ३२० नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ४१४ दर्ता एवं ४५८ को नवीकरण भएको थियो भने २१० नयाँ दर्ता तथा २६४ नवीकरण भएको कार्यालयले जनाएको छ ।