४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम ‘ढाकाको राजधानी’
अ+ अ-

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गर्नुभयो । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास गर्न, घर–घरसम्म ढाका बुन्ने संस्कृतिको विस्तार गर्न र यहाँ उत्पादन हुने ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएकोे म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवद्र्धन गर्न विगतका वर्षहरूबाटै ढाका बुनाइ तालिम तथा सहयोग सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १४५ ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा छन् । जिल्लामा एक हजारभन्दा बढी उद्योग दर्ता नभई सञ्चालनमा रहेको उक्त कार्यालयको आकलन छ । जिल्लाको ढाका उद्योगमा पाँच हजार बढी जनशक्तिले रोजगारी पाएको तथा ढाका कपडा बुनाइसम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजारभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

स्थानीयस्तरमा ढाका व्यवसास गर्दै आएका व्यवसायी कच्चा सामग्रीको अभाव खेपिरहेका छन् भने बजार सीमित हुँदा समस्या भोग्दै आएका छन् । जिल्ला ढाकाको राजधानी घोषणा भएपछि व्यवसायीका समस्या समाधान हुने व्यवसायी शोभा दाहालको अपेक्षा छ । “ढाका कपडा उत्पादनका लागि आवश्यक कच्चा सामग्री तथा बजारको एकदमै समस्या भइरहेको थियो । स्थानीयस्तरमै कच्चा सामग्री उत्पादन भएको खण्डमा हामी ढाका व्यावसायीलाई राहत हुन्थ्यो भन्ने आशा छ”, उहाँले भन्नुभयो ।

जिल्लामा उत्पादित ढाका कपडा स्वदेशसहित विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि स्थानीयस्तरका उद्योग र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा व्यवसायीले राम्रो आम्दानी लिन सकिरहेका थिएनन् । जिल्लामा साडी, चोली, दौरा सुरुवाल, कोट, मेख्ली, टाई, मख्लर, कुर्ता, सुरुवाललगायत ढाकाका सामग्री उत्पादन हुँदै आएका छन् ।

तेह्रथुमबाट वार्षिक करिब रु पाँच करोड मूल्य बराबरको ढाका कपडा निर्यात हुने गरेको सरकारी निकायहरूको तथ्याङ्क छ । हङ्कङ, बेलायत, सिङ्गापुर, भारत, ब्रुनाइलगायत मुलुकमा यहाँ उत्पादित ढाका निर्यात भएको पाइन्छ । ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको भए पनि ढाका उत्पादनको प्रवद्र्धनमा प्रभावकारी कार्य हुनसकेको थिएन । राजधानी घोषणापछि ढाकाको उत्पादन तथा बजारीकरणमा सबैको ध्यान पुग्ने जिल्लावासीको विश्वास छ ।

ढाकाबाट यहाँका हजारौँ महिलाले रोजगारी पाएका छन् । जिल्लामा ढाकाका सामग्री उत्पादन गर्ने कार्यले उद्योगको रूप ग्रहण गर्न थालेको छ । हातले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय मानिन्छन् । मेसिन प्रयोग नगरी हातले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अन्यत्रको तुलनामा केही बढी रहेको भए पनि ती सामग्री टिकाउ र गुणस्तरीय रहेको ढाका उत्पादकहरूको दाबी छ । राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरूले एक दशकदेखि नै ‘ह्याण्डी क्याप’ शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हासिल गरिरहेका छन् । रासस