२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन र मन्त्रिपरिषदको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्ने भएको छ । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्ने भएको हो । 

प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो ।

सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ । 

साथै सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा यी विषयको निकासका सन्दर्भमा छलफल हुने एक नेताले बताए ।

आजै दिउँसो मन्त्रिपरिषद बैठक पनि बस्ने भएको छ । गठबन्धनको बैठक सकिएपछि पौने १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।