२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरियालाई बोकाएर अक्सिजनको जोहो



अ+ अ-

बलेवा । अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन । पोखराबाट सिलिण्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ । 

अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मा ल्याइएका सिलिण्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पु¥याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले बताताउनुभयो । अस्पतालमा अक्सिजन अभाव हुन नदिन पोखरेल आफैँ खट्नुभएको छ ।

“राति १२ बजेसम्म दुई जनाले एउटा सिलिण्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाउनुभयो”, पोखरेल भन्नुहुन्छ, “केही दिन त मौज्दात सिलिण्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भए पनि सिलिण्डर भरेर ल्यायौँ ।” अस्पतालले बुधबार मात्रै ३५ ठूला सिलिण्डर पोखराबाट भरेर ल्याएको छ ।

पोखराका कम्पनीले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिण्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाइएको थियो । कुश्मामा सिलिण्डर निकाल्न सबैभन्दा धरै समस्या भएको पोखरेल बताउनुहुन्छ । सघन उपचारकक्षमा मात्रै होइन, अस्पतालको आइसोलेशनमा समेत कोरोनाका बिरामी छन् । 

अस्पतालमा भरेर राखेका सिलिण्डरको ‘रिप्लेस’ नहुँदा सङ्कट आउने भन्दै विकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । बीस बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भए पनि पहिराकै कारण ठाउँठाउँमा क्षति भएको विद्युत्को प्रसारण लाइन अनियमित हुँदा राम्रोसँग चल्दैन । नयाँ प्लान्ट स्थापनका काम अघि बढेको भए पनि प्लान्ट ल्याउन ढिलाइ हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।