११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन हेर्नुहुँदैन आज बेलुका चन्द्रमा ?



अ+ अ-

काठमाडौं । श्रीकृष्णको द्वारिकापुरी नगरीमा सत्राजित यादव भन्ने मान्छे थियो । उ सूर्य नारायणको ठूलो भक्त थियो र उसको पूजा आराधनाले सूर्य प्रसन्न भएर उनले सत्राजितलाई दैनिक आठ भार सुन दिने जाज्वल्यमान स्यमन्तक नामको मणि आफ्नो गलाबाट उतारेर उपहार दिए । त्यस्तो प्रचण्डरश्मि मणि धारण गरेर सत्राजित नगरमा प्रवेश गर्दा जनतालाई स्वयं सूर्य नारायण नै द्वारिकामा अवतरण गरेको भान भयो । त्यो मणि यति चमत्कारी थियो कि त्यो राखिएको ठाउँमा दुर्भिक्ष, महामारी, ग्रहपीडा, वन्यजन्तुको भय, मानसिक(शारीरिक कष्ट तथा अशुभ हुन सक्दैनथे । स्वाभावैले श्रीकृष्णले सत्राजितसंग त्यो मणि राज्यकोषमा दाखेल गर्न माग गर्नुभयो । तर सत्राजितले मानेन ।

केही दिनमै उक्त मणि सत्राजितको दाजु प्रसेनजितको हातपर्‍यो । एक दिन त्यो प्रकाशमयी मणि धारण गरेर प्रसेनजित घोडामा सवार भएर शिकार खेल्न जाँदा जङ्गलमा एउटा सिंहले प्रसेनजितलाई मार्‍यो र मणि लग्यो । पछि ऋक्षराज जाम्बवानले सिंहलाई मारेर मणि लिई गुफामा गए र आफ्ना बच्चाहरूलाई त्यो मणि खेलौनाको रुपमा दिए ।
दाजु प्रसेनजित धेरै दिनसम्म शिकारबाट नफर्किए पछि भाइ सत्राजिलाई शंका भयो । उसले स्वयं कृष्णले मणि मागेको हुँदा नै मणि प्राप्त गर्न कृष्णले नै उसको दाजुको हत्या गरेको हुनुपर्छ भन्ने ठहर गर्दै दरबारमा बलरामसंग फिराद गर्न पुग्यो ।

यस लोकनिन्दा र बदनामीबाट बच्न श्रीकृष्णलाई नै मणिका बारे सत्यतथ्य पता लगाउन आवश्यक भयो । वहाँ धेरै मान्छेलाई साथ लिएर मणिको खोजमा निस्किनु भयो । वहाँहरूलाई एउटा सिंहले प्रसेनजितलाई मारेको र फेरि भालुले त्यस  सिंहलाई मारेका प्रमाणहरू फेला परे । भालुका पदचिन्ह पछ्याउँदै टोली एउटा गुफामा पुग्यो । टोलीमा सम्लग्न अरू सबैलाई बाहिरै छोडेर कृष्ण एक्लै भित्र दाखेल हुनुभयो । त्यहाँ कृष्ण र जाम्बवन्तबीच भयंकर युद्ध सुरु भयो । गुफाको बाहिर कृष्णका साथीहरूले सात दिनसम्म प्रतीक्षा गरे र अन्तमा कृष्णलाई मरेको ठानेर उनीहरू द्वारका फर्किए ।

यता २१ दिनसम्म लगातार युद्धगर्दा पनि द्वारकाधीशलाई पराजित गर्न नसकेपछि जाम्बवन्त चकित भए । उनलाई कृष्ण कुनै साधारण मान्छे होइनन् भन्ने विश्वास भयो । संगसंगै त्रेतायुगमा रामचन्द्रले ुतिमीलाई म फेरि कृष्णावतारमा दर्शन दिनेछुु भनेर गरेको वाचा याद भयो । नभन्दै त्यसैबखत श्रीकृष्णले उनलाई आफ्नो रामचन्द्र स्वरूपको पुनस् दर्शन दिनुभयो । जाम्बवन्तको युगौं देखिको आकाँक्षा पूर्ण भयो । आफ्नै प्रभु श्रीरामसंग अहंकारवश युद्ध गरेकोमा अत्यन्त दुखस् मनाउ गर्दै उनले क्षमा मागे । यसपछि जाम्बवानले आफ्नी कन्या जाम्बवतीको विवाह श्रीकृष्णसंग गरिदिएर स्यमन्तक मणि समेत उपहारमा दिई पठाए ।

श्रीकृष्णले जब मणि फिर्ता ल्याएर सत्राजितलाई सुम्पी दिनुभयो, आफूले कृष्णलाई लगाएको झूटा आरोपका कारण सत्राजित बहुत लज्जित भयो । आफूबाट भएको यस अपराधको मार्जन गर्न सत्राजितले आफ्नी पुत्री सत्यभामाको विवाह कृष्णसंग गर्ने प्रस्ताव गर्‍यो र कृष्ण(सत्यभामाको विवाह सम्पन्न भयो ।

यसरी परब्रह्म श्रीकृष्णलाई समेत गणेश चौथीका चन्द्रदर्शन गरेकोले यस्तो झूटो कलङ्क आइलाग्यो ।आजकै दिन भगवान गणेशजीलाई हात्तीको मस्तक जोडिएको र चन्द्रदेवले गणेशको त्यस स्वरूपलाई उपहास गर्दा कुपित गणेशजीको श्रापले चन्द्रलाई मिलेको दण्ड स्वरूप आज बेलुका चन्द्रमा हेर्नु हुँदैन र हेरेमा झूटा लाञ्छन, दोष वा कलङ्क आइलाग्छ भन्ने मान्यता छ ।

(बाबुलाल भन्डारीको फेसबुक वालबाट साभार )