२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।

म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे । यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरुको भनाइ छ । प्रदर्शनकारीहरुले सोमवार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरु कसैको पर्वाह नगरी लाठी चार्ज गरेर निर्दयको भाव देखाएको बताए ।

श्रीलंकाबाट नेपालमा आइ शरणार्थीको रुपमा बसोवास गरिरहेका सुरेशकुमार राजेश्वरले २०१५ सम्म सहयोग गरेपनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताउनु भयो । उहाँले बालबालिकाहरुलाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफू प्रदर्शनमा आउनुपरेको बताउनु भयो ।

यूएनएचसीआरले खान, बस्न र बालबालिकाको अध्ययानको लागि आर्थिक सहयोग गर्दै आइरहेपनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको गुनासो गर्नुभयो ।

रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमवारबाट बिरोध प्रदर्शन गरिरहेको छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरुको अधिकार हनन भएको उनीहरुको गुनासो छ ।